कीवर्डहरू -

जेनेस सोलुसन र यूकेएड बिच सहकार्य, रोजगारी उपलब्ध गराउने विशेष परियोजना सञ्चालन गर्ने

जेनेस सोलुसन र यूकेएड बिच सहकार्य, रोजगारी उपलब्ध गराउने विशेष परियोजना सञ्चालन गर्ने


काठमाडौं । क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब सफ्टवेयर विकास सम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रम सँग सहकार्य भएको छ ।

जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित बिशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी प्रमुख लिजा होनान को उपस्थितिमा सहकार्य सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

यूकेएड सीपसँग साझेदारीपत्रमा हस्ताक्षरपछि जेनेसले विश्वव्यापी मान्यताप्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणसम्मको पहुँच प्रदान गर्ने तथा त्यसलाई अंगीकार गरि नेपालमा शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिका साथसाथै नेपाल र विश्वभरि रोजगारी उपलब्ध गराउने गरि जेनेस क्लाउड एकेडेमी (जीसीए) नामको विशेष परियोजना सञ्चालन गर्ने तयारी गरेको छ ।

जेनेसले अब नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू प्रदान गर्न र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम सञ्चालन गर्नेछ ।

यूकेएड सीपले संघीय, प्रादेशिक र स्थानीय तहका सम्बन्धित सरकारी निकायहरू, निजी क्षेत्र, दातृ निकायहरू र अन्य सरोकारवालाहरूसँग नजिकको सहकार्य सुनिश्चित गर्दै परियोजनामा सह लगानी गर्नेछ ।

परियोजनाको पहिलो वर्षमा जेनेसले नेपालका विभिन्न सहरहरूका (प्रदेश नं २ र ५ मा केन्द्रीत रहँदै) २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूसँग रणनीतिक सहकार्य विकसित गर्नेछ, यसअन्तर्गत  विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमा पहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यकक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम, माइक्रोसफ्ट लर्न प्रोग्रामजस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त तालिमका विधिहरू (मोड्युल) लाई अंगीकार गर्न प्रोत्साहित गरिनेछ ।

यो कार्यक्रमलाई एडब्लूएस एजुकेट, माइक्रोसफ्ट एजुकेसन, गुगल एजुकेसन, अलिबाबा क्लाउड एकेडेमी, सिस्को नेटवर्किङ एकेडेमीको सहयोग रहेको छ ।

अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रित विधि उपयोग गर्दै,  प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगो रूपमा क्षमता र स्तरोन्नति गर्दै, जेनेसले यस्ता कार्यका लागि जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको छ, जुन विद्यार्थी दीक्षित भएर निस्कदा उनिहरु उद्योगमा प्रभावकारी रूपमा प्रवेश गर्दै  उत्पादकत्व आवश्यकतालाई पुरा गर्न सक्षम हुनेछ ।

सीपमूलक प्रशिक्षणमा एप्लिकेसन डेभलपर, क्लाउड सपोर्ट इन्जिनियर, क्याउड सपोर्ट एसोसियट, साइबर सेक्युरिटी स्पेशलिस्ट र डाटा इन्टिग्रेसन स्पेशलिस्ट, आर्टिफिसियल इन्टिलिजेन्स एन्ड मेसिन लर्निङ डेभलपर, आईओटी डेभलपर , डिजिटल मार्केटर, बिजनेस एनालिस्ट्स आदि पदीय भूमिकालाई समेटिन्छ ।

प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्वबजारमा उपलब्ध स्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने ४,००० भन्दा बढी रोजगारदाता सम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टलसँग आवद्ध तुल्याइने छ ।

यूकेएड सीपसँगको सहकार्य र परियोजनाका दृष्टिकोणहरूबारे प्रकास पार्दै जेनेस सोलुसनका संस्थापक एवं ग्लोबल प्रमुख प्राविधिक अधिकृत (ग्लोबल सीटीओ) अञ्जनी फुयाँलले भन्नुभयो “हामीले पर्याप्त संख्यामा यस्ता विद्यार्थीहरू देख्दै आएका छौं, जोसँग शिक्षाको प्रमाणपत्र त छ तर, उनीहरूमा सूचना प्रविधि वा सूचना प्रविधिजन्य कम्पनीहरूमा ठाउँ पाउने पर्याप्त दक्षता भने छैन । उद्योग र नेपालको शैक्षिक क्षेत्रबीचको ग्यापमा पुलको काम गर्ने मूल अवधारणाले जेनेस क्याउड एकेडेमी आरम्भ गर्ने र यो परियोजना सञ्चालन गर्न लागिएको हो ।”

“जीसीएको अध्यापन विधि आपूर्तिमुखी नभइ मागमुखी रहने छ, जुन निजी क्षेत्रको मागहरूसँग सहकार्य गरेर हासिल गरिनेछ । हामीले कार्यका लागि तयार श्रमशक्ति उत्पादन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका शिक्षा, क्लाउड कम्प्युटिङ, सीप विकास र उद्यमशीलता प्रशिक्षणका नेतृत्वदायकहरूसँग सहकार्य गरिरहेका छौैं ।

हामी  सूचना प्रविधिका माध्यमबाट हाम्रा समुदायका महिला र सामाजिक रूपमा बञ्चित समूहरूको सशक्तीकरणमा पनि केन्द्रीत रहेका छौं ।”

यसैगरी, यूकेएड सीपका टिम लिडर बलजीत बोहराले भन्नुभयो, “हामी यो साझेदारीमार्फत समस्याको जरै तहमा काम गरेर परिस्थितिमा परिवर्तन ल्याउन चाहन्छौं । यो कार्यक्रमको मुख्य उद्देश्य भोलिका प्रविधिक जनशक्तिलाई आज प्रशिक्षित तुल्याउनु र उनीहरूलाई लाभदायक रोजगारीमा नियुक्ति सुनिश्चित तुल्याउनु हो ।”

नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ ।

यो परियोजनाका माध्यमबाट जेनेस सोलुसनले नेपालका क्याम्पसका विद्यार्थीहरूलाई आवश्यक ज्ञान र सीपयुक्त बनाउने गरि प्रशिक्षित गर्ने, स्थानीय र विश्वस्तरमा रोजगारी उपलब्ध गराउने तथा केही हदसम्म भए पनि युवा बेरोजगारी कम गर्ने लक्ष्य लिएको छ ।