चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी वान प्ल्सले ह्याकरहरुको सिकार बन्न पुगेको छ । ह्याकरहरुले वान प्लसको वेबसाइट ह्याक गरि ४० हजार उपभोक्ताको केडिड कार्डको सूचना चोरी गरेको हुन सक्ने वान प्लसले बताएकाे छ ।
वान प्लसको वेबसाइट बाट पेमेन्ट गरेका उपभोक्ताहरु मध्ये सयौंको संङ्ख्यामा वान प्लसको उपभोक्ताहरुको पेमेन्ट फ्रड भएको थियाे । त्यसकाे एक साता पश्चात यो तथ्य सार्वजनिक भएको हो । ह्याकरहरुले कम्पनीको वेवसाइट सर्भर ह्याक गरि पेमेन्ट गर्दा इन्टर गरिएको के्रडिट कार्डको डाटा चोरी गर्न मलिसियस जाभा स्क्रिप्ट इन्सटल गरेकोे हुनसक्ने अनुमान गरिएको छ ।
कार्डबाट सूचना चोरी भएको थाहा पाए पश्चात वान प्लसले तुरुन्तै आफ्नो वेबसाइटबाट कार्ड लगायतका अनलाइन पेमेन्ट अप्सनलाई निषेध गरेको थियो ।