कीवर्डहरू -

ओपो ए फाइभ २०२० नेपालमा सार्वजनिक

ओपो ए फाइभ २०२० नेपालमा सार्वजनिक

ओपो ए फाइभ २०२० नेपालमा सार्वजनिक भएको छ । ओपोले एक कार्यक्रम गर्दै असोज ६ गते (आज) आपो ए फाइभ २०२० सहित ओपो ए नाइन २०२० सार्वजनिक गरेको छ ।

ओपो ए फाइभ २०२० मा ६.५ इन्चको डिस्प्ले रहेको छ भने ४ जीबि र्याम र १२८ जीबि रोम रहेको छ । यसमा १२ मेगापिक्सेल, ८ मेगापिक्सेल, २ मेगापिक्सेल, २ मेगापिक्सेल गरेर ४ वटा रियर क्यामेरा हरु रहेका छन् । भने ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

ओपो ए फाइभ २०२० मा एन्ड्रोइड नाइन (पाई) अपरेटिङ सिस्टम रहेको छ भने ५ हजार एमएएचको ब्याट्री रहेको छ । ओपो ए फाइभ २०२० को मूल्य नेपाली बजारमा २७ हजार ९ सय ९० रहेको छ ।