गुगलले प्ले स्टोर बाट ६ वटा एपलाई हटाएको छ । ति एपबाट प्रयोगकर्तालाई हानी पुर्याउने क्रियाकलाप गरेको पाइएपछि गुगलले प्ले स्टोर बाट हटाएको हो ।
यि सबै एपहरु ५० करोड पटक डाउनलोड भएका छन् । हटाएका एपहरुमा हटस्पट भिपिएन , फ्रि भिपिएन मास्टर , सेक्योर भिपिएन, सिएम सेक्योरिटी एपलक एन्टिभाइरस, सन प्रो ब्यूटी क्यामरा र फन्नी स्विट ब्यूटी सेल्फी क्यामरा एप रहेका छन् ।
गुगलले हटाएका हटस्पट भिपिएन , फ्रि भिपिएन मास्टर , सेक्योर भिपिएन र सिएम सेक्योरिटी एपलक एन्टिभाइरस यि चारवटा भिपिएन एप चिनियाँ डेभलपरले निर्माण गरेका हुन। यि भिपिएन एपले मोबाइलमा असंख्य ठगी विज्ञापनहरु पठाउने गरेको पाइएको छ ।
भने वाँकी २ वटा क्यामेरा एप सन प्रो ब्यूटी क्यामरा र फन्नी स्विट ब्यूटी सेल्फी क्यामरा एपले विज्ञापनको सहायताले पैशा कमाउने गरेको भन्दै गुगलले हटाएको हो । यि विज्ञापनरु ब्याक ग्राउण्डमा चल्ने, ब्याट्री खपत गर्ने र स्मार्टफोनलाई समेत स्लो बनाउने पाइएको छ ।