कीवर्डहरू -

प्रभु बैंकको कुरिनटार शाखा कार्यालय सञ्चालन

प्रभु बैंकको कुरिनटार शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लिमिटेडले इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । कुरिनटार शाखा कार्यालयको उद्घाटन कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ्गले गरेकी हुन् ।

आफ्नो मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ्गले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि मात्र भएको नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै प्रभु बैंकको सफलता को कामना गरेकी हुन् ।

बैंकको कुरिनटार शाखा कार्यालय ऊद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , स्थानीय व्यापारी , बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको कुरिनटार शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा , सर्वसाधारण , व्यवसायिक फर्म , कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कुरिनटार शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकको हाल १९६ शाखा , ३४ एक्टेन्सन काउण्टर , १९ शाखा रहित बैंकिङ्ग सेवा तथा १५२ एटिएम मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।