कीवर्डहरू -

कृषि विकास बैंकको सिस्टम ह्याक गरि करिब दुई करोड रुपैयाँ ह्याकरले लुटे

कृषि विकास बैंकको सिस्टम ह्याक गरि करिब दुई करोड रुपैयाँ ह्याकरले लुटे

कृषि विकास बैंकको लहान शाखाबाट करिब दुई करोड रुपैयाँ ह्याकरले लुटेका छन् । कृषि विकास बैंकको लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका हुन् ।

कृषि विकास बैंकको सिस्टम ह्याक गरि लुटिएको रकम निकाल्दा निकाल्दै प्रहरीले ३ जनालाई मंगलबार काठमाडौं बाट पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम गोप्य राखिएको छ ।

विशेष सुचनाका आधारमा अनुसन्धानमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बैंक लुटिएको रहस्य पत्ता लगाएको थियो । ह्याकरले सिस्टम ह्याक गर्दा नेदल्यान्डको भिपिएन प्रयोग गरेको पाइएको छ ।