नेपाल दुरसञ्चार प्राधिकरणले सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न नो योर कस्टोमर (केवाईसी) सम्बन्धी नियम लागु गर्ने भएको छ ।
प्राधिकरणले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न केवाईसीको अवधारणा लिएको हो । केवाईसी कार्यविधिको मस्यौदा बनिरहेको र आउदो आर्थिक वर्ष देखि केवाईसीको कार्यविधि कार्यन्वयनमा ल्याउने गरी काम भएको नेपाल दुरसञ्चार प्राधिकरणले बताएको छ ।
यो भन्दा अगाडी बैंकहरूलाई मात्रै अनिवार्य गर्दै आएको केवाईसी अब प्राधिकरणले सिमकार्डमा पनि अनिवार्य गर्न लागेको हो ।