कीवर्डहरू -

बैंक तथा वित्तीय संस्थालाई ह्याक गरी रु. ५ अर्ब विदेश लैजाने योजना विफल

बैंक तथा वित्तीय संस्थालाई ह्याक गरी रु. ५ अर्ब  विदेश लैजाने योजना विफल

नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई ह्याक गरी करीब ५ अर्ब नेपाली रुपैयाँ विदेश लैजाने योजना असफल भएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थालाई ह्याक गरी रू. ५ अर्ब (५० मिलियन डलर) भन्दा बढी रकम लैजाने योजना बनाएका थिए ।

उनले नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक , पानस रेमिट , कैलाश विकास बैंक र नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरुको क्रेडिन्सिएल हाकिङ गरी रकम निकालिरहेको अवस्थमा अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले शंकास्पद व्यक्तिहरुलाई उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न स्थानहरुबाट पक्राउ गरेको थियो ।

महानगरीय अपराध महाशाखाले पक्राउ गरेकालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जानकारी दिएको छ

पक्राउ पर्नेहरु ४३ वर्षका लवाङ तामाङ , ४० वर्षीया लक्ष्मी लामा तामाङ , २६ वर्षीय सञ्जय घले , २० वर्षीया निर्मला तामाङ , १८ वर्षीय निमा तामाङ , ४२ वर्षीय पुष्पराज खड्का , २३ वर्षका विद्यासागर लामिछाने , ३८ वर्षका श्रवणकुमार श्रेष्ठ , ३२ वर्षकी सुनीता श्रेष्ठ , २२ वर्षका विजय साह , ४५ वर्षका चन्द्रबहादुर बुढा र ३० वर्षीय भारतीय नागरिक शुबन्कर पन्जा रहेका छन् ।