कीवर्डहरू -

प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो

प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  असोज ७ गते सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत बोनस सेयरको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेसँगै कम्पनीको चुक्तापुँजी २ अर्ब नाघेको छ ।

कम्पनीको विशेष साधारणसभाले हालको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

अब कम्पनीको चुक्ता पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।

कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो ।

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले सातैवटा प्रादेशिक, शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी १४० भन्दा बढि स्थानबाट सेवा दिइरहेको छ ।

कम्पनीले विभिन्न १६ किसिमका जीवन बिमालेखहरु प्रचलनमा ल्याएको छ । २०७६ भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बिमालेख बिक्री गरी कुल १५ अर्ब ३१ करोड बिमा शुल्क संकलन गरेको छ र जिवन विमाकोषको आकार रु. ८ अर्ब ९० करोड पुगेको छ ।