विन्डोज १० अपरेटिङ सिस्टम विश्वभर करिब ९० करोड डिभाइसहरुमा प्रयोग भैरहेको एक तथ्यांकले देखाएको छ ।
माइक्रोसफ्टले सार्वजनिक गरेको एक तथ्यांक अनुसार विश्वभर ९० करोड डिभाइसहरुमा विन्डोज टेन (१०) अपरेटिङ सिस्टम प्रयोग भैरहेको छ ।
सन् २०१८ सेप्टेम्बरमा ७० करोड डिभाइसहरुमा विन्डोज १० अपरेटिङ सिस्टम प्रयोग भएको सार्वजनिक गरेको थियो । सन २०२० को सुरुवातीसँगै करिब १ अर्ब डिभाइसहरुमा विण्डोज १० प्रयोग हुने अनुमान गरेको छ ।