नेपालमा रेनोको आधिकारिक वितरक बिशाल समुहको सहायक कम्पनि,एडभान्स अटोमोबाइल प्रा.लि.ले रेनो कार प्रेमि तथा प्रयोगकर्ताहरुका लागि आइतबारदेखि नेपालभर रेनो एक्स्पेरीयन्स मेला सुरु गरेको छ । माघ ७ बाट सुरु भएको उक्त मेला आउँदो माघ १४ सम्म संचालन हुनेछ ।
'एक्स्चेजंमा दम छ एक्साइटमेन्ट फुल अन छ' स्लोगन सहित कम्पनिले सुरु गरेको रेनोको यो मेलामा रेनोको पुराना प्रयोगकर्ताले नयाँ कार साटफेर गर्न सक्नेछन् । एक्सचेन्ज सुबिधाका लागि क्विड डस्टर र लजी मोडल उपलब्ध हुनेछन् ।
उक्त मेलामा ग्राहकलाई १ लाख बराबर सम्मको एक्सचेन्ज बोनस अफर,२ वर्ष सम्मको फ्री सर्भिसिङ,एक बर्षका लागि बिमा,नि : शुल्क एसेसरिज,एक आर्थिक बर्षका लागि सडक कर फ्री तथा आकर्षक नगद छुट लगायतका सेवा उपलब्ध छन् ।
कम्पनिले जाडो मेला बाहेक महिनालाई लक्षित गरि 'रेनो सुपर हिट' स्किम पनि संचालन भइरहेको जनाएको छ । रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट रेनोको नयाँ पुस्ताका कारबारे जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिंङको आनन्द प्रदान गर्ने कम्पनिको भनाइ छ ।
(नयाँ पत्रिका )