नेपालमा हुवावे नोभा फाइभ टी र रेडमी के २० प्रो सार्वजनिक भइसकेको छ । हुवावे नोभा फाइभ टी असोज ५ गते (हिजो) मात्र नेपालमा सार्वजनिक भएको हो भने रेडमी के २० प्रो केही समयअगाडि नेपाली बजारमा सार्वजनिक भएको हो ।
हुवावे नोभा फाइभ टी मा ६.२६ इन्चको एलसिडी डिस्प्ले रहेको छ भने रेडमी के २० प्रो मा ६.३९ इन्चको सुपर एमोलेड फुल एचडी प्लस डिस्प्ले रहेको छ । डिस्प्ले ठुलो र फुल एचडी भएको स्मार्टफोन चाहिन्छ भने तपाईको लागि रेडमीको के २० प्रो राम्रो हुन्छ ।
फाइभ टी मा ४८ मेगापिक्सेल, १६ मेगापिक्सेल, २ मेगापिक्सेल र २ मेगापिक्सेल गरेर ४ वटा रियर क्यामेराहरु छन् । के २० प्रो मा ४८ मेगापिक्सेल, १३ मेगापिक्सेल र ८ मेगापिक्सेल गरेर ३ वटा रियर क्यामेराहरु छन् । नोभा फाइभ टी मा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ भने के २० प्रो मा २० मेगापिक्सेलको पपअप सेल्फी क्यामेरा रहेको छ । यदि तपाई क्यामेरा वा सेल्फीको सोखिन हुनुहुन्छ भने हुवावेको नोभा फाइभ टी राम्रो रहेको छ ।
हुवावेको नोभा फाइभ टी मा हिसिलकन किरिन ९८० को प्रोसेसर प्रयोग गरिएको छ भने के २० प्रो मा क्वालकमको स्न्यापड्रयाग्न ८५५ को चिपसेट प्रयोग गरिएको छ ।
हुवावेमा ८ जिबी र्याम र १२८ जिबी रोम रहेको छ भने रेडमी के २० प्रो मा ८ जिबी र्याम र २५६ जिबी इन्टर्नल स्टोरेजमा उपलब्ध रहेको छ ।
यी दुवै फोनमा एन्ड्रोइड नाइन अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । नोभा फाइभ टी मा ३ हजार ७ सय ५० एमएएचको ब्याट्री रहेको छ भने यसले फास्ट चार्जिङको सपोर्ट गर्दछ ।
रेडमी के २० प्रो मा ४ हजार एमएएचको ब्याट्री रहेको छ भने यसले पनि फास्ट चार्जको सपोर्ट गर्छ । तपाईलाई धेरै ब्याट्री भएको मोबाइल चाहिन्छ भने तपाईको लागि रेडमी के २० प्रो किन्दा राम्रो हुन्छ ।
रेडमी के २० प्रो को नेपालमा मूल्य ४९ हजार ९ सय ९९ रूपियाँ रहेको छ भने हुवावे नोभा फाइभ टी को मूल्य नेपाली बजारमा ५३ हजार ९ सय ९० रहेको छ । यि दुवै मोबाइलबिच मूल्यमा खासै भिन्नता छैन् ।
फिचरहरु |
हुवावे नोभा फाइभ टी |
रेडमी के २० प्रो |
डिस्प्ले
|
६.२६ इन्चको एलसिडी डिस्प्ले
|
६.३९ इन्चको सुपर एमोलोड फुल एचडि प्लस डिस्प्ले |
क्यामेरा
|
रियर क्यामेरा(४ वटा) – जसमा ४८ मेगापिक्सेल, १६ मेगापिक्सेल, २ मेगापिक्सेलर २ मेगापिक्सेल फ्रन्ट क्यामेरा – ३२ मेगापिक्सेल |
रियर क्यामेरा (३ वटा) – ४८ मेगापिक्सेल, १३ मेगापिक्सेल र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा – २० मेगापिक्सेल |
चिपसेट |
हिसिलिकन किरन ९८० |
क्वालकमको स्न्यापड्रयागन ८५५ |
इन्टर्नल स्टोरेज |
१२८ जीबि |
२५६ जीबि |
र्याम |
८ जीबि |
८ जीबि |
ओएस |
एन्ड्रोइड ९ (नाइन) |
एन्ड्रोइड ९ (नाइन) |
ब्याट्री |
३ हजार ७ सय ५० एमएएच |
४ हजार एमएएच |
मूल्य |
५३ हजार ९ सय ९० |
४९ हजार ९ सय ९९ |