कीवर्डहरू -

नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१९ हुँदै, यस्ता विषयमा हुँदै छ छलफल

नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१९ हुँदै, यस्ता विषयमा हुँदै छ छलफल

काठमाडौं । राजधानीमा आजदेखि इन्टरनेट गभर्नेन्स फोरम २०१९ सञ्चालन हुँदै छ । यस २ दिने कार्यक्रममा इन्टरनेटको नीति, कानुन, प्रयोग र अन्य सरोकारका विषयमा सम्बन्धित सबै पक्षबीच छलफल हुने इन्टरनेट सोसाइटी नेपालका कार्यवाहक अध्यक्ष रोमकान्त पाण्डेले बताए ।

इन्टरनेटसँग सरोकार राख्ने नेपालका झन्डै ५० वटा सरकारी तथा गैरसरकारी र व्यापारिक संघसंस्थाको सहकार्यमा हुने कार्यक्रममा विभिन्न क्षेत्रका २ सय जनाको सहभागिता रहने छ । कार्यक्रममा इन्टरनेटसँग सम्बन्धित विभिन्न १० छुट्टाछुट्टै विषयमा कार्यपत्र र समूहगत छलफल हुने छ ।

यसअन्तर्गत कार्यक्रमको पत्रकारिता अभ्यासमा सामाजिक सञ्जालको प्रभाव, इन्टरनेटको विवधिता र प्रतिनिधित्व, बाल अनलाइन संरक्षण लगायतको विषयमा कार्यपत्र र समूहगत छलफल हुनेछ ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन शनिबार आइटीसम्बन्धी नीतिगत छलफलमा युवा सहभागिता, डाटा गभर्नेन्स र नेपालका लागि चुनौती, शारीरिक रुपमा अपाङ्गता भएका मानिसहरुका लागि समावेशी आइसिटी, सूचना अनलाइनको स्वतन्त्रता, अफलाइन र अनलाइन वर्ल्डको मर्जिङ आदि विषयमा कार्यपत्र र समूहगत छलफल हुनेछ ।