कीवर्डहरू -

राजधानीमा नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१९ जारी, इन्टरनेटका विविध विषयमा छलफल

राजधानीमा नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१९ जारी, इन्टरनेटका विविध विषयमा छलफल

काठमाडौं । राजधानीमा शुक्रबारदेखि तेस्रो संस्करणको ‘ नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१९ ’ सुरु भएको छ । यस २ दिने कार्यक्रममा इन्टरनेटको नीति, कानुन, प्रयोग र अन्य सरोकारका विषयमा सम्बन्धित सबै पक्षबीच छलफल भइरहेको छ ।

कार्यक्रममा इन्टरनेटसँग सम्बन्धित विभिन्न ११ छुट्टाछुट्टै विषयमा कार्यपत्र र समूहगत छलफल भइरहेको छ ।

इन्टरनेट सोसाइटी नेपालको मुख्य आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको सहआयोजनामा भइरहेको नेपाल आइजिएफ २०१९ मा इन्टरनेटसँग सरोकार राख्ने नेपालका झन्डै ५० वटा सरकारी तथा गैरसरकारी र व्यापारिक संघसंस्थाको सहकार्य रहेको छ ।

कार्यक्रममा इन्टरनेटसँग सम्बन्धित विभिन्न ११ छुट्टाछुट्टै विषयमा कार्यपत्र र समूहगत छलफल भइरहेको छ ।

नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा जारी कार्यक्रमकाे प्रत्यक्ष प्रसारण हेर्न याे लिंक भिजिट गर्नुहाेस् ।

यसअन्तर्गत शुक्रबार भएको हाइ लेभल प्यानल डिस्कसनमा ‘कनेक्टिङ अनकनेक्टेड : फाउन्डेशन अफ डिजिटल नेपाल’ विषयमा विभिन्न व्यक्तिहरुबीच छलफल चलाइएको थियो ।

यसअन्तर्गत प्यानल डिस्कसनमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साह, तत्कालीन सूचना प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष एवं वरिष्ठ आइसिटी विज्ञ मनोहर भट्टराई, नेपाल सरकारका उपसचिव सुवास ढकाल, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल, क्यान महासंघकी उपाध्यक्ष सुनैना पाण्डे सहभागी थिए । सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्क, दूरसञ्चार र इन्टरनेट विस्तार परियोजना, विभिन्न नीतिगत व्यवस्था र विद्यमान चुनौतीका सम्बन्धमा विषयविज्ञहरुले प्रकाश पारेका थिए ।

सोही अवसरमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकबा सचिव महेन्द्रमान गुरुङले ५ वर्षभित्र डिजिटल नेपाल निर्माण गर्ने योजनाअनुरुप डिजिटल नेपालको फ्रेमवर्क ल्याइएको बताए । मुख्यतः ८ क्षेत्रमा लक्षित डिजिटल नेपालको फ्रेमवर्कले आमनागरिकको जीवनशैलैमा परिवर्तन ल्याउने दाबी पनि उनले गरे । उनले नयाँ सूचना प्रविधि ऐनले पछिल्लो सूचना प्रविधिको विश्वव्यापी विकासलाई स्विकार गरेको भनाइ राखे । सरकारले डिजिटल नेपाल निर्माणका लागि प्राइभेट सेक्टर, एकाडेमिक सेक्टर र कम्युनिटीहरुसँग सहकार्य गर्ने उनले बताए ।

त्यस्तै शुक्रबार पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग र प्रभावको विषयमा पत्रकार एक अनुसन्धाताबीच प्यानल डिस्कसन गराइएको थियो । सोही दिन Intersectionality in Internet: Diversity and Representation विषयमा पनि प्यानल डिस्कसन गराइएको थियो ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन शनिबार आइटीसम्बन्धी नीतिगत छलफलमा युवा सहभागिता, डाटा गभर्नेन्स र नेपालका लागि चुनौती, शारीरिक रुपमा अपाङ्गता भएका मानिसहरुका लागि समावेशी आइसिटी, सूचना अनलाइनको स्वतन्त्रता, अफलाइन र अनलाइन वल्र्डको मर्जिङ आदि विषयमा कार्यपत्र र समूहगत छलफल हँदै छ ।

कार्यक्रममा २ सयभन्दा बढीकाे सहभागिता छ ।