कीवर्डहरू -

ट्रिलिफ टेक्नोलोजीले ल्यायो खुद्रा व्यापारीका लागि एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

ट्रिलिफ टेक्नोलोजीले ल्यायो खुद्रा व्यापारीका लागि एआईमा आधारित पोस प्लाटफर्म ‘सूची’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्स प्रविधिमा काम गर्ने कम्पनी ट्रिलिफ टेक्नोलोजी ले रिटेल स्टोरका लागि क्लाउडमा आधारित पोस प्लाटफर्म ल्याएको छ । सुची (Suchi) नामको यो प्लाटफर्म साना र मध्यमस्तरका खुद्रा व्यवसायीका लागि लक्षित छ ।

\"\"

ग्राहकको अर्डर र स्टोरमा रहेका सामानको व्यवस्थापन गर्न सघाउ पुर्याउने सूचीमा कुन वस्तु कतिमा बिक्री गर्ने, कति वस्तु उपलब्ध छन्, बिक्री अवस्था कस्तो छ आदिको जानकारी पाइन्छ ।

साथै यो प्रडक्ट क्रेडिट म्यानेजमेन्टका लागि पनि उपयोगी छ । उधारोमा बिक्री गर्दा हुने हैरानीबाट यसले तपाईलाई मुक्त दिनेछ । अफलाइन सिस्टम र मोबाइल एपबाटै ‘सूची’ चलाउन सकिने भएकाले प्रयोगकर्तालाई निकै उपयोगी हुने कम्पनीका चिफ टेक्निकल अफिसर दीपक मल्लले बताए ।

यो प्रडक्टमा स्पिच रिकग्निशन सिस्टम राखिएको छ, जसमार्फत् प्रयोगकर्ताले आवाजमार्फत् आफूले चाहेको कुरा सर्च गर्न सक्छन् । यसैबीच ट्रिलिफ टेक्नोलोजी र भक्तपुर बहुमुखी क्याम्पसबीच एआई छात्रवृत्तिका लागि दुई पक्षीय सम्झौता भएको छ ।

\"\"