चाडपर्वको मौसम सुरु भइसकेको छ । यो चाडपर्वलाई रगिंन र रमाइलो बनाउने तयारीमातपाई हुनुहुन्छ होला । दशैं तिहारका लागि आवश्यक वस्तु किन्नेको भीडले अहिले बजारतताएको छ । यस्तो अवस्थामा ग्याजेटको बजार पनि अछुतो रहन सकेको छैन । यति बेला विभिन्नफोन उत्पादक कम्पनीहरुले दशैं, तिहार लगायतका पर्व लक्षित गरी अफरहरु सार्वजनिक गरेका छन् ।
यसैबीच हामीले तपाईको लागि नेपाली बजारमा उपलब्ध भएका नयाँ ग्याजेटहरुको बारेमा जानकारी दिएका छौं, जुन तपाईंले यो चाडपर्वमा खरिद गर्नसक्नुहुनेछ ।
यति बेला विभिन्नफोन उत्पादक कम्पनीहरुले दशैं, तिहार लगायतका पर्व लक्षित गरी अफरहरु सार्वजनिक गरेका छन् ।
सामसङ एस १० र १० प्लस
सामसङ एस १० नेपाली बजारमा सार्वजनिक भैसकेको छ । सामसङ एस १० मा ६.१ डायनामिक एमलोड डिस्प्ले सहित गोरिल्ला ग्लास ६ द्धारा सुरक्षित गरिएको छ । १२ मेगापिक्सेल, १२ मेगापिक्सेल, १६ मेगापिक्सेलका तिनवटा रियर क्यामेरा छन । भने १० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसमा भ्हथलयक ढडद्दण् को प्रोसेसर जडान गरिएको छ । ८ जीबि र्याम र १२८ जीबि रोम रहेको यो फोन एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाई मा आधारित रहेको छ । यसमा ३४ सय एमएएचको ब्याट्रि रहेको छ। जसले फास्ट चार्ज सपोर्ट गर्छ। नेपालमा यसको मुल्य ९३ हजार ९ सय रहेको छ । यसैगरी सामसङ एस १० प्लस पनि नेपाली बजारमा उपलब्ध छ । नेपालमा १२८ जीबि रोम भएको सामसङ एस १० प्लसको मुल्य १ लाख १५ हजार रहेको छ। भने ५१२ जीबि रोम भएको सामसङ एस १० प्लसको मुल्य १ लाख ४६ हजार ५ सय रहेको छ ।
हुवावे नोभा फाइभ टि
हुवावे नोभा फाइभ टि नेपाली बजारमा चाडै सार्वजनिक हुदैछ। यसमा ६.२६ इन्चको एलसिडि डिस्प्ले रहेको छ। यो फोनमा चार वटा रियर क्यामेरा रहेका छन । जसमा ४८ मेगापिक्सेल प्लस १६ मेगापिक्सेल प्लस २ मेगापिक्सेल माइक्रो लेन्स र २ मेगापिक्सेलको रहेको छ । ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यस फोनमा हिसिलिकन किरिण ९८० प्रोसेसर रहेको छ । यो फोनमा ८ जीबि र्याम र १२८ जीबि रोम रहेको छ । ३ हजार सात सय ५० एमएएचको को ब्याट्रि रहेको यो फोनमा फास्ट चार्जिङको सुविधा रहेको छ । नेपालमा हुवावे नोभा फाइभ टि ५३ हजारको हाराहारीमा उपलब्ध छ ।
रेडमी के २० प्रो
साओमीले नेपाली बजारमा रेडमी के २० प्रो सार्वजनिक गरेको छ। यसमा ६.३९ इन्च सुपर एमलोड फुल एचडि प्लस डिस्प्ले रहेको छ । रेडमी के २० प्रो मा क्वालकमको स्न्यापड्रयागन ८५५ प्रोसेसर प्रयोग गरिएको छ । यो फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यसमा ४८ मेगापिक्सेल प्लस १३ मेगापिक्सेल प्लस ८ मेगापिक्सेलको एआई ३ वटा रियर क्यामेरा छन । ८ जीबि र्याम र २५६ जिबी इन्टर्नल स्टोरेज रहेको छ । यो स्मार्टफोनमा ४ हजार एमएएचको ब्याट्रि रहेको छ । जसले फास्ट चार्जको सपोर्ट गर्दछ । यो एन्ड्रोइड अपरेटिङ सिस्टम ९ (पाई) मा आधारित रहेको यसमा फिंगरप्रिन्ट र फेस अनलकको सुविधा रहेको छ। यसको नेपाली बजारमा ४९ हजार ९ सय ९९ मुल्य रहेको छ । यसैगरी रेडमि के २० पनि बजारमा उपलब्ध भएको छ । यसको मुल्य ३९ हजार ९ सय रहेको छ ।
भीभो एस १
नेपाली बजारमा आइसकेको भीभो एस १ मा ६.५३ इन्चको सुपर एमलोड डिस्प्ले रहेको छ । यसमा १६ मेगापिक्सेल, ८ मेगापिक्सेल र ५ मेगापोक्सेलका ३ वटा रियर क्यामेरा छन् । यो मोबाइलमा ३२ मेगापिक्सेलको को सेल्फी क्यामेरा रहेको छ । मिडिया टेक हिलियो पि ६५ प्रोसेसर रहेको यो फोनमा ६ जीबि र्याम र १२८ जीबि रोम रहेको छ । ४५ सय एमएचचको ब्याट्री रहेको यस फोनले फास्ट चार्ज सपोर्ट गर्छ । एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाई मा आधारित रहेको यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ । नेपाली बजारमा यसको मुल्य ३४ हजार ६ सय ९० रहेको छ ।
ओपो ए नाइन २०२०
ओपो ए ९ २०२० नेपालमा सावजनिक भएको छैन। ६.५ इन्चको फुल एचडि प्लस डिस्प्ले रहेको यो फोनमा ८ जीबि र्याम र १२८ जीबि रोम रहेको छ । यसमा क्वालकम स्न्यापड्रयागन ६६५ प्रोसेसर प्रयोग गरिएको छ। यसमा ४८ मेगापिक्सेल, १३ मेगापिक्सेल, २ मेगापिक्सेल र २ मेगापिक्सेल गरेर ४ वटा रियर क्यामेरा रहेका छन् । यसमा सेल्फीको लागी १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाई मा आधारित यो फोनमा फिंगरप्रिन्टको सुविधा रहेको छ । ५ हजार एमएएचको ब्याट्री रहेको यसले फास्ट चार्जको पनि सपोर्ट गर्छ। नेपाली बजारमा यसको मुल्य ३५ हजारको आसपासमा छ ।
नुबिया रेड म्याजिक ३
नुबिया रेड म्याजिक ३ मा ६.६५ इन्चको एमलोड फुल एचडि प्लस डिस्प्ले रहेको छ। क्वालकमको स्न्यापड्रयागन ८५५ प्रोसेसे प्रयोग गरिएको यो फोन एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाईमा आधारित रहेको छ। ६ जीबि, ८ जीबि, १२ र्याममा उपलब्ध रहेको यो फोन ६४ जीबि, १३८ जीबि, २५६ जीबि इन्टर्नल स्टोरेजमा उपलब्ध रहेको छ । यसमा सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ भने रियर क्यामेरा ४८ मेगापिक्सेलको रहेको छ । ५ हजार एमएएचको ब्याट्री रहेको यसले फास्ट चार्ज सपोर्ट गर्छ। यसमा फिगंरप्रिन्टको सुविधा रहेको छ ।
सामसङ एम ४०
सामसङ एम ४० मा ६.३ इन्चको फुल एचडी प्लस डिस्पले रहेको यो फोनमा कर्निङ गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ । यसमा क्वालकमको स्न्यापड्रयागन ६७५ प्रोसेसर जडान गरिएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाई मा आधारित यो फोनमा ६ जीबि र्याम र १२८ जीबि इन्टर्नल स्टोरेज रहेको छ । यसमा ३ वटा रियर क्यामेराहरु छन जुन ३२ मेगापिक्सेल, ८ मेगापिक्सेल र ५ मेगापिक्सेलको रहेका छन् । १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रेहेको मोबाइलमा ३५ सय एमएएचको ब्याट्रि रहेको छ। जसले फास्ट चार्ज सपोर्ट गर्छ् । यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ । नेपालमा ३६ हजार १६० मा यो फोन उपलब्ध गरिएको थियो तर अहिले ६ हजार क्यास्ब्याक दिएर ३० हजारमा नै यो फोन उपलब्ध छ ।
वावे वाई सेभन प्रो २०१९
केही समय अगाडी नेपालमा आएको हुवावे वाई सेभन प्रो २०१९मा ६.२६ इन्चको एचिडि प्लस एलसिडि डिस्प्ले रहेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम ८.१ ओरियो रहेको यसमा हुवावेको ३ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध छ । सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ। भने रियर क्यामेरा ड्युल एआई १३ मेगापिक्सेल र २ मेगापिक्सेलको रहेको छ। यसमा ४ हजार एमएएचको ब्याट्रीको सुविधा रहेको छ । यो फोनमा क्वालकम स्न्यापड्रयागन ४५० प्रोसेसर प्रयोग गरिएको छ । हुवावे वाई सेभेन प्रो मा फ्रिंगरप्रिन्ट र फेस अनलकको सुविधा पनि रहेको छ । नेपाली बजारमा यसको मूल्य रु २० हजार ४ सय ९० रहेको छ ।