आईटी ट्रेनिङमा अग्रणी संस्था ब्रोडवे इन्फोसिस १७औं वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । नेपालमा दक्ष आईटी जनशक्ति विकास गर्ने उद्देश्यसहित सन् २००८ मा ब्रोडवे इन्फोसिस सुरू भएको थियो ।
तीनकुनेमा मुख्य कार्यालयको ररहेको ब्रोडवेले आफ्नो सेवा विदेशसम्म पनि विस्तार गरेको छ । अमेरिकामा पनि ब्रोडेवे पुगेको छ । धेरै आरोह अवरोध पार गर्दै १८ औं वर्षमा प्रवेश गरेको ब्रोडवे इन्फोसिसका संस्थापक तथा सीईओ राजु अधिकारीले बताए ।
‘तत्कालीन समयमा नेपालमा एकेडेमीया र इन्डष्ट्रीबीच ठूलो खाँडल थियो,’ उनले आईसीटी समाचारसँग भने, ‘त्यही खाडँललाई कम गर्न ब्रोडवे सुरू गरेका हौं ।’ सुरूमा राजुले मात्रै ब्रोडेवे सञ्चालन गरिरहेका थिए तर पछि उनको परिवार नै ब्रोडवेमा जोडियो । ब्रोडवे सफल हुनुमा परिवारको पनि ठूलो योगदान छ ।
यो पनि पढ्नुहोस्ः विश्वास र प्यासनले बनेको ब्राण्ड ‘ब्रोडवे इन्फोसिस’
राजुसँगै उनका भाइहरू हरि अधिकारी, उत्तम अधिकारी र गोविन्द अधिकारी ब्रोडवेको सफलताका लागि दिनरात खटिरहेका छन् । ब्रोडवे इन्फोसिसलाई स्थापित ब्राण्ड बनाउनमा परिवारको टिमवर्क पनि महत्वपूर्ण रहेको राजु बताउँछन् ।
सुरूवाती समयमा तीनकुनेमा कार्यालय राख्दा धेरैले ब्रोडवे चल्दैन् भनेर भन्थे । तर तिनकुनेबाटै ब्रोडवेले विदेशसम्मको यात्रा तय गरिसकेको छ । सन् २००८ मा ब्रोडवे एउटा फ्ल्याटबाट सुरू भएको थियो । त्यसमा ३-४ वटा कोठा थिए, ३-४ जनाको टिम थियो । आज ब्रोडवेको परिवार निकै ठूलो भएको छ ।
ब्रोडवेबाट हजारौंले तालिम लिएका छन् भने सयौंले रोजगारी पाएका छन् । ब्रोडवेले व्यक्तिलाई मात्र नभएर संस्थाहरूलाई पनि तालिम दिदै आएको छ । सुरूमा पीएचपी माईएसक्युएल, ग्राफिक्स, मल्टिमिडिया लगायतका ट्रेनिङ दिदै सेवा सुरू गरेको ब्रोडवे अहिले डिजिटल मार्केटिङ, वेब तथा एप डेभलपमेन्ट मेसिन लर्निङ, एआई, डेटा साइन्स लगायतका नयाँ नयाँ प्रविधिको बारेमा समेत ट्रेनिङ दिइरहेको छ ।
साथै कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा सबै कोर्षहरूमा २८ प्रतिशत छुट दिएको छ । यो अफर सोमबारसम्म लागु हुनेछ ।