कीवर्डहरू -

चितवनमा टेकम्याक्स मल्टि ब्राण्ड शोरुम सञ्चालन

चितवनमा टेकम्याक्स मल्टि ब्राण्ड शोरुम सञ्चालन

चितवन । चितवनमै पहिलो पटक मोबाइलको ब्राण्डेड एसोसरिज स्वरुम ‘टेकम्याक्स ट्रेड प्रा.लि’ सञ्चालन भएको छ । भरतपुरको क्याम्पस गेटअगाडि विश्वबिख्यात ब्राण्डका मोबाइल एसोसरिज पाइने चितवनकै एक मात्र स्वरुम ‘टेकम्याक्स ट्रेड’ आज (सोमबार) बाट सञ्चालन भएको हो ।

\"\"

टेकम्याक्सको मिस नेपाल २०१८ श्रृङखला खतिवडाले आज एक कार्यक्रमका बिच उद्घाटन गरिन् । उद्घाटन गर्दै श्रृङखलाले टेकम्याक्सका एसोसरिजहरु गुणस्तरीय हुने बताईन् । उनले आफु पनि केमी समयदेखी टेकम्याक्सकै ब्राण्ड प्रयोग गर्दै आएको बताईन् । ‘ म हत्तपत्त विश्वास नगरी कुनै प्रडोक्ट प्रयोग गर्दिन उनले भनिन्’, तर एक पटक टेकम्याक्सको प्रोडक्ट प्रयोग गरेपछी मलाई यसमा विश्वास लाग्यो ।’

उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले टेकम्याक्स परिवारलाई व्यवसायिक सफलताको शुभकामना दिए । यस्तै टेकम्याक्सका कार्यकारी निर्देशक सम्राट श्रेष्ठले एक बर्ष अघी शुरु गरेको टेकम्याक्सले छोटो समयमा राम्रो बजार लिएको बताए ।

\"\"

उनले नेपालमा उच्च मुल्य तिरेर पनि कपी गरिएका प्रोडक्टहरु प्रयोग गर्नु पर्ने वाध्यता भएकोले त्यसको बिकल्प स्वरुप टेकम्याक्स शुरु गरिएको बताए । उनले हालसम्म चितवन सहित टेकक्याक्सको ५ वटा फ्रान्चाइज स्वरुम भएको जानकारी दिदै निकट भविष्यमा यसलाई देशभर नै फैलाउने योजना रहेको बताए ।

संचालक सन्तोष पण्डितले विश्वको ६० देशमा पाइने ब्राण्डेड एसोसरिजहरु उक्त स्वरुममा उपलब्ध हुने उनले बताए । उक्त स्वरुममा मोबाइलको ब्राण्डेड पावर बैंक, हेडफोन, ईएर फोन, स्पिकर लगायतमा एसोसरिजहरु पाइने अर्का संचालक गणेश भुषालले जानकारी दिए ।

सबै सामनहरुमा ६ महिनाको वारेन्टी समेत हुने उनले बताए । उक्त ब्राण्डका एसोसरिजहरु चितवनमा टेक्सम्याक्सले मात्र बिक्री गर्न पाउने भुषालले जानकारी दिए । ब्राण्डेड समानका पारखीहरुलाई मध्यानजर गर्दै टेकम्याक्स सन्चालन गर्न लागेको उनको भनाई छ ।