कीवर्डहरू -

सातै प्रदेशका ५९ सहरहरुमा उच्चगतिको फोरजी सुरु, फागुनदेखि देशभर संचालनमा आउने 

सातै प्रदेशका ५९ सहरहरुमा उच्चगतिको फोरजी सुरु, फागुनदेखि देशभर संचालनमा आउने 

नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका ३२ वटा जिल्लाका ५९ प्रमुख सहरहरुमा विस्तार गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रिहरुसँग फोरजिको प्रयोग गरि भिडियो कन्फरेन्स गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् । 

यस क्रममा मुख्यमन्त्रीहरुले सरकारले निकै ठूलो सफलता हात पारेको भन्दै खुसी व्यक्त गरेका थिए । मुख्यमन्त्रीहरुले पनि प्रदेशमा फोरजिको उद्घाटन गरेका हुन । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक तिब्र गतीमा अगाडी बढेको दाबी गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी दिन प्रतिदिन नयाँ नयाँ काम गरेर इतिहासकै उल्लेखीय काम गरेका छौं । यस नेपाल टेलीकमको फोर जी सेवा त्यस्ता काम मध्यको एक हो ।’


फोर जी इन्टरनेटको यसको प्रयोगपश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुनेछ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए । उनले आउने फागुनसम्म देशैभरि फोरजी संचालनमा आइसक्ने र १८ महिनामा प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा पनि अप्टिकल फाइबर बिछ्याइसक्ने बताए ।


कार्यक्रममा संचार तथा सूचना प्रबिधि मन्त्रि गोकुल बास्कोटाले अब नेपाल टेलिकम रफ्तारको साथ अघि बढेको भन्दै समृद्द नेपाल र सुखी नेपालीको सार्थकताको लागि काम गर्ने बताए । नेपाल टेलिकमका अध्यक्ष तथा सचिब महेन्द्रमान गुरुङले देशमा केहि भैरहेको छ भन्ने प्रमाणित फोरजिको अत्याधुनिक प्रबिधि विस्तारले देखाएको बताए ।

अहिलेको फोरजी प्रबिधि फोरजीभन्दा माथि तथा ब् क्याटेगोरिजको रहेको बताइएको छ । अहिले २४७ एमबीपीएस सम्मको गतिको स्पिडमा फोरजी संचालन हुने बताएको छ । यसलाई एक्टिभेट गर्न ८द्धद्धद्ध३  डाइल गर्नुपर्ने छ ।