ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनो टू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो । यसको मुल्य नेपाली बजारमा ४६ हजार ९ सय ९० तोकिएको छ ।
फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा सेल्फी पपअप क्यामेराको रुपमा रहेको छ ।
क्यामेरा
ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् ।
अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।
फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा सेल्फी पपअप क्यामेराको रुपमा रहेको छ ।
स्क्रिन
यो १९.५ः९, पानोरामिक स्क्रिनमा २३४०८१०८० रिजोल्यूसन र ९१.१% स्क्रिन टू बडी रेसियो दिइएको छ । फोनको ब्याक कभरमा जस्तै सम्भावित क्षतिबाट जोगाउने सोचका साथमायसमा रहेको ६.५ ईञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।
ब्याट्री ः
कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्थापनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालित रुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाव पु¥याउँछ ।
कम्पनीले फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्छ ।
फास्टर फिंगरप्रिन्ट अनलकिङ
रेनोटू एफमाओपोले पछिल्लो संस्करणका तुलनमा अझ तिब्र हिडन फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ यसमाप्रकास फिल्टर गर्ने थप लाइटले वास्तविक औँलालाई नक्कलीबाट सटिकरुपमा छुटाउन सहयोग गर्छ । मानिसको छाला र निर्जिव बस्तुले प्रकास तथा ताप सोस्ने तथा प्रतिबिम्बित गर्ने कार्यका आधारमा यसले कामगर्ने कम्पनीले जानकारी दिएको छ ।
सीपीयु र स्टोरेज
रेनोटू एफमा एमटीके हेलियो पी ७० सीपीयूका साथमा ८ जीबी ¥याम र १ सय २८ जीबी रोमको शक्तिशाली संयोजन दिइएको छ । एमटीके हेलियो पी ७० द्वारा संचारित र परिस्कृत २.१ जीएचजेड प्रोशेसर टर्बो चार्जेज्ले उत्कृष्ट कार्यक्षमता प्रदर्शित गर्दछ ।
फोनका अन्य आकर्षक फिचर्सहरु
- लिंक बुष्ट
- गेम बुष्ट २.०
- डल्बि एट्मस
- कलरओएस६.०
- आ्ेपो सेयर रहेका छन ।