कीवर्डहरू -

युनाइटेड फाइनान्सले एस्.वी. सोलुसन्ससँगको सहकार्यमा कर्जा प्रक्रियालाई अटोमेसन र डिजिटाजेसन गर्दै 

आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गरिने

युनाइटेड फाइनान्सले एस्.वी. सोलुसन्ससँगको सहकार्यमा कर्जा प्रक्रियालाई अटोमेसन र डिजिटाजेसन गर्दै 

युनाइटेड फाइनान्स लि. र एस् वी. सोलुसन्स् प्रा. लि. बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गर्ने बारे सम्झौता सम्पन्न भएको छ ।

युनाइटेड फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्स् प्रा. लि. का अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयो ।

युनाइटेड फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्स् प्रा. लि. का अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयो ।


उक्त सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम अब बैंकले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ । युनाइटेड फाइनान्स लि. ले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरि ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् ।

\"\"

एस् वी. सोलुसन्स् प्रा. लि. ले डिजिटाइजेसन र अटोमेसन बैंकिङ प्रोडक्टस् र प्रोसेस जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइल लोन इलिजीबिलिटी, अनलाइल अकाउन्ट ओपनिङ, डकुमेन्ट मेनेजमेन्ट सिस्टम, भेन्डर मेनेजमेन्ट सिस्टम, मेमो मेनेजमेन्ट र मोवाइल एप्लिकेसन जस्ता सेवा उपलव्ध गराउदै आएको छ ।


युनाइटेड फाइनान्स लि. ले वि.स. २०५१ सालमा नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको “ग” वर्गकोे लाइसेन्स प्राप्त गरेको छ । यसले नेपालमा आफुलाई बलियो र भरपर्दो फाइनान्स कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । युनाइटेड फाइनान्स लि. ले देशका बिभिन्न भागमा रहेका १५ शाखा मार्फत ५० हजार भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ ।


एस् वी. सोलुसन्स् प्रा. लि. ले डिजिटाइजेसन र अटोमेसन बैंकिङ प्रोडक्टस् र प्रोसेस जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइल लोन इलिजीबिलिटी, अनलाइल अकाउन्ट ओपनिङ, डकुमेन्ट मेनेजमेन्ट सिस्टम, भेन्डर मेनेजमेन्ट सिस्टम, मेमो मेनेजमेन्ट र मोवाइल एप्लिकेसन जस्ता सेवा उपलव्ध गराउदै आएको छ ।

सन् २०१६ मा सञ्चालनमा आएको कम्पनीले आफ्नो स्थापनाकाल देखि डिजिटाइजेसन र अटोमेसन प्रोडक्टस् र प्रोसेस का विभिन्न क्षेत्रहरुमा काम गर्दै आईरहेको छ । हाल यस कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका १० भन्दा बढि बैंक तथा वित्तिय संस्था र कर्पोरेट हाउसहरुलाई सेवा दिँदै आएको छ ।