कीवर्डहरू -

बैंकर मनोज ज्ञवालीको  \'टेक्नो लाइफस्टाइल\'

बैंकर मनोज ज्ञवालीको  \'टेक्नो लाइफस्टाइल\'

आजभोलीको पुस्ता मोवाइल र इन्टरनेटको जालोमा अल्झिएका छन । हुन पनि हो, हाम्रो जिवनशैली नै प्रविधि वरिपरि घुमिरहेको छ । यसबाट टाढा भएर बस्ने कल्पना पनि गर्दैनन आजको पुस्ता ।

आज हामिले प्रविधिका केहि पुस्ताहरु देखेका, भोगेका र अनुभव गरेका चर्चित बैंकर मनोज ज्ञवालीलाई टेक्नो लाइफस्टाइलमा प्रस्तुत गरेका छौ । प्रस्तुत छ, ज्योती विकास बैंकका सिइयो मनोज ज्ञवालीसँगको कुराकानीमा आधारित उनकै टेक्नो लाइफस्टाईल ।

सिए पढ्दा पहिलो इमेल रेडिफमेलमा
भारतमा चार्टड एकाउन्टेन्सी पढिरहेको बेला सन् १९९७र९८ तिर होला पहिलोपटक इन्टरनेट चलाएको । त्यसबेला साइबरमा प्रतिघन्टा ३०र४० रुपैया तिरेर नेट चलाउन पाइन्थ्यो । साइबरमा गएर मैले पहिलोपटक [email protected] इमेल खोलेको थिए ।

राष्ट्रिय बैंकको तलबले पहिलो मोवाइल
मेवाइल किन्न र प्रयोग गर्न त्यसवेला सहज कहाँ थियो र । मैले राष्ट्र बैंकमा जागिर सिलसिलामा पहिलापटक सन् २००३ तिर पहिलोपटक मोवाइल बोकेको थिए । नोकियाको ठुलो ढ्याब्रे फोन थियो । सिम निकाल्न सुन्धारामा निकै सोर्सफोर्स तथा ज्याक नै लगाउनुपरेको थियो । त्यसबेला मोवाइल बोक्नु ठुलै कुरा थियो । सिम लिएर मोवाइल चलाएको पहिलोपटक मैले घरमा नै कल गरेको थिए ।


आकाशवाणाीको सेवादेखि फोरजीसम्म
मेरो पुर्खौैलि घर दैल्ेखबाट बुवाले आकाशवाणी गर्नुभएको थियो । त्रिपुरेश्वर स्थित आकाशवाणी सेवामा पुगेर सेवा लिएको छु । अहिले त मोवाइलले मिराकल नै गरेको छ । यो १५र२० वर्षमा सञ्चारक्षेत्रमा त आकाशजमिन कै फरक आएको छ । आजभोली हरव्यत्तिसगँ छानी छानी मोवाइल र सिम प्रयोग गर्न सक्छन । सेवा आक्रामक विस्तार र शुल्क कम भएकोले यो सम्भव भएको हो ।


फेसबुकमा बढि अन्तकृया हुन्छ
सन् २००८ तिर होला, फेसबुकको एकाउन्ट खोलेको । राष्ट्र बैंकमा जागिरकै सिलसिलामा हो । यसले टाढा टाढा रहेको साथीभाई र आफन्तलाई नजिक बनाएको छ । यसका नकरात्मक पक्षहरु पनि हाबि भइरहेका छन । केलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा हामिले सावधानी अपनाउनुपर्छ । मान्छेलाई कनेक्ट गर्न र आफ्नो विचार प्रस्तुत गर्न राम्रो प्लाटफर्म हो ।यसर्थ सहि तरिकाले प्रयोग गर्दा यसको धेरै फाइदा छ । ट्विटर, इन्स्टाग्राम पनि चलाउछु तर फेसबुक अन्तकृया गर्न बढि सहज लाग्छ ।

पब्जी डाउनलोड गरे तर चलाउन पाइन
अहिले बढि चर्चामा रहेको विषय पब्जी पनि हो । मलाइ पनि नयाँ कुरामा रुची लाग्छ । मेरो अढाइ वर्षको छोराले पनि पब्जी पब्जी भनेको सुन्दा इन्ट्रेस्ट लागेर डाउनलोड गरे । तर, खेल्न नपाउदै सरकारले प्रतिवन्ध गरायो भन्ने कुरा आयो ।


सामाजिक सञ्जाल बन्द होइन, रेगुलेट गर्नुपर्छ
आइटी विधेयकको बारेमा सुनेको छु । सामाजिक सञ्जाल बन्द गरिने चर्चा भएको पाएको छु । यसलाई बन्द हैन, नियमन गर्नुपर्छ । सदुपयोग र दुरुपयोग गर्ने कुरामा सचेतना बढाउनुपर्छ । सरकारको विरोध र व्यत्तिगत दुरुपयोग भनेर रोक्नुपर्छ भनियो भने यो गलत हो । यसलाई रेगुलेट गर्नुपर्छ, करको  दायरामा ल्याउनु राम्रो कुरा हो । रेस्पोन्सिवल हुनको लागि रेगुलेट गर्नु आवश्यक हुन्छ ।


बैकिङ क्षेत्रमा प्रविधिले मिराकल गर्यो
सन् १९९८ तिर म सिए हुदा व्यालेन्स मिलाउन कम्ता गाह्रो थिएन । बैकको अडिट गर्न बर्षौ लाग्थ्यो । आजभोली केहि क्षणमा सबै अपडेट हुन्छ । ग्राहकहरुले अनलाइनबाटै तत्काल जुनसुकै सेवा लिनसक्ने अवस्था छ । तर अझै सर्वसाधारणले सबै सेवाहरु प्रयोग गर्न पाएका वा गरेका छैनन । प्रविधिलाई सचेतना बृद्धि गर्ने र भएका सेवालाई प्रयोगमा ल्याउन अझ सकिएका छैनौ । युटिलाइजेसनको रिच पुर्याउन काम गर्नुपर्ने छ ।

नोट ९ नै मेरो मोवाइल अफिस हो
मोवाइलमा अहिले सामसुङ नोट ९ चलाउछु । मैले पहिले नोट ४ प्रयोग गर्थे । आज सबैकुरा यसमै छ,  यो त मोवाइल अफिस नै हो । जाममा हुदा होस वा जहाँ पुगेपनि इमेल, डाटा, अरु सबै सेवाहरु  मोवाइलबाटै गरिरहेको छु ।


अर्को पनि सामसुङ ए सेभेन २०१७ मोडलको पनि प्रयोगमा छ । बढि सामसुङ नै प्रयोग गरिरहेको छु । पहिले एकपटक आइफोन नि प्रयोग गरेको थिए तर त्यति युजर फेन्डली लागेन । यसैगरी सामसुङकै ट्याब चलाउछु । पढ्नको लागि किन्डल चलाउछु । ग्याजेट्स नयाँ आएमा लिइहाल्नुपर्छ भन्ने चाहि लाग्दैन । म प्रविधिमा अपडेट रहन्छु, आवश्यक परेमा प्रयोग गर्दछु ।

म्यागजिन पढ्न यहाँ क्लिक गर्नुहोस : https://livingwithict.com/