कीवर्डहरू -

काठमांडौमा अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन

काठमांडौमा अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन

काठमांडौमा ३ दिने अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन आयोजना भएको छ । कार्तिक ४, ५ र ६ गते होटल र्याडिसनमा आयोजना भैरहेको कार्यक्रममा ५०० सय बढि युवा बैज्ञानिक, इन्नोभेटर, विज्ञ र विद्यार्थीहरुको सहभागिता रहेको छ ।  क्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान, प्रविधि क्षेत्रमा छुट्याइएको रकम अत्यन्तै न्यून भएको बताएका छन् । 

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने नाराकाको साथ आयोजना भएको तीन दिवसीय अन्तर्रा्ष्ट्रिय युवा वैज्ञानिक सम्मेलन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सफलता हासिल गर्न नसक्नुमा लगानी नै कम भएको बताए । 


कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान तथा प्रविधिको विकासका लागि आधारशिला तयार गर्दै युवा वैज्ञानिकहरुलाई लक्षित गरेर कार्यक्रमहरु ल्याइने प्रतिबद्धता जनाए । नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विज्ञान प्रविधिको क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने बताउदै सन् २०१९ नवप्रवर्तन तय गर्ने आधार वर्ष भएको बताए । नेपाल नवप्रवर्तन सूचांकमा सन् २०१८ मा नेपाल १०८ औँ स्थानमा थियो तर अहिले तल झरेर १०९ मा पुगेको छ ।


सम्मेलनमा विभिन्न देशमा कार्यरत नेपाली वैज्ञानिक,विदेशी वैज्ञानिकहरुको उपस्थित छ । विभिन्न १८ वटा विषयमा प्रस्तुति भएको उक्त सम्मेलनलाई विभिन्न ६ चरणमा विभाजन गरिएको नाष्टले जनाएको छ । राष्ट्रिय युवा परिषद्,नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट) र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा सम्मेनलको आयोजना गरिएको हो ।