कीवर्डहरू -

आरबीबी मोबाइल बैंकिङ मेला सम्पन्न 

आरबीबी मोबाइल बैंकिङ मेला सम्पन्न 

राष्ट्रिय वाणिज्य बैंकले गरेको आरबीबी मोबाइल बैंकिङ मेलामा विजयी भएका पाँच जनालाई पुरस्कृत गरिएको छ । बैंक र एफवान सफ्टको सहकार्यमा भएको मेलामा ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौंट भएका पाँच जनालाई पुरस्कृत गरिएको हो।

बैंकका अनुसार कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले मोवाइल फोन पाएका छन् ।


बैंकका अनुसार कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले मोवाइल फोन पाएका छन् ।

विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे। हाल बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहक रहेको दाबी गरेको छ ।