कीवर्डहरू -

वल्र्डलिंकलाई सिडिसी ग्रुपको १ अर्ब ३५ करोड लगानी, देशभर सस्तोमा इन्टरनेट विस्तार गर्ने लक्ष्य 

अहिले ३७ सय कर्मचारी यसमा काम गर्दछन । CDC को लगानीले यसमा थप १ हजारभन्दा बढी व्यक्तीहरुलाई रोजगारी दिने कम्पनीले जनाएको छ

वल्र्डलिंकलाई सिडिसी ग्रुपको १ अर्ब ३५ करोड लगानी, देशभर सस्तोमा इन्टरनेट विस्तार गर्ने लक्ष्य 

बेलायत सरकारको स्वामित्वमा रहेको CDC ग्रुपले नेपालको सबभैन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेशन्स्मा नेपाली रुपैयाँ एक अर्ब पैंतिस करोड बरावरको (१२ करोड डलर) लगानी गरको छ । २४ नोभेम्बरमा काठमाण्डौको म्यारियट होटलमा आयोजित विशेष कार्यक्रममा दुबै पक्षले संयुतरुपमा लगानीको सम्झौता सार्वजनिक गरेका हुन ।


बेलायतको विकास वित्त संस्था सीडीसीले नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकमा आफ्नो लगानी गरको हो । यो लगानीले वल्र्डलिंकलाई नेपाल भरी महत्वाकांक्षी इन्टरनेट सेवा विस्तारको लागि र अधिक दुर्गम क्षेत्रहरूमा पुगी हजारौं घरपरिवार र साना उद्यमीहरूलाई इन्टरनेटमा जोडन सहयोग पुर्याउँने लक्ष्य राखिएको छ ।

एशियाका अन्य देशहरूको तुलनामा, नेपालमा डिजिटल सेवाहरूको पहुँच कम रहेको कारण सिडिसी यो लगानीबाट उत्साहित देखिएको छ । जसको कारणले देशका अधिकांश समुदायहरु र व्यवसायको विकासको लागि वास्तविक चुनौती संकेत गर्ने बताउदै सिडिसीले सर्वसुलभ र गुणस्तरीय इन्टरनेटमा सवर्साधरणको पहुँच सुधार गर्नु नेपालको विकास र आर्थिक बृद्धिको केन्द्र रहेको बताएको छ ।

\"\"


संयुक्त प्रेसमिट कार्यक्रममा बोल्दै CDC का प्रबन्ध निर्देशक र एसियाका प्रमुख श्रीनि नागराजनले यो संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको एउटा महत्वपूर्ण भाग रहेको बताए । वल्र्डलिंक नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायकको रूपमा विकसित भएको सेवा प्रदायक संस्था हो । ८००० किलो मिटर फाइबर विच्छाई देशको दुर्गम ठाउंहरु जस्तै छत्रकोट गाँउपालिका र रुरु गाँउपालिका क्षेत्र सम्म पुगेको छ ।

विशेष कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले यस किसिमको लगानीले नेपालमा समृद्धीको सपना पुरा गर्न सहयोग गर्ने बताए । मन्त्री यादवले वल्र्डलिंकको मेहनत र सिडिसीको विश्वासले देशभरका मानिसलाई इन्टरनेटमा जोड्न सकोस भन्दै शुभकामना दिएका थिए ।

कम्पनीले ७७ वटा शाखाहरु सञ्चालन गरेको छ । १२० भन्दा बढि गाडीको प्रयोग गर्दै दैनिक हजारौलाई सेवा दिइरहेको छ । गतवर्ष ५२३ करोडको कारोबार गरेको कम्पनीका अहिले ३ लाख ५० हजार ग्राहक रहेका छन । १ लाख ५० हजार आइपिटिभीका ग्राहक रहेको कम्पनीले जनाएको छ । ५ हजारभन्दा बढि स्थानमा कम्पनीले फ्रि वाइफाई जोन निमार्ण गरेको कम्पनीले ८ हजार ५ सय कर्पोरेट सस्थाहरुलाई पनि सेवा दिइरहेको छ । नेपालको फाइबर इन्टरनेटमा ५४ प्रतिशतको हिस्सा राख्ने कम्पनीले आगामी ५ वर्षमा १० प्रयोगकर्ता्लाई सेवा दिने लक्ष्य राखेको छ ।


यस कम्पनीले सो क्षेत्रमा इन्टरनेट सेवा पुर्याउन सरकारी अनुदान योजनामा यस कम्पनीले भाग लिइ सेवा विस्तार गरिरहेकै छ । वल्र्डलिंक नेपालको ठुलो रोजगारदाता कम्पनी पनि हो । अहिले ३७ सय कर्मचारी यसमा काम गर्दछन । CDC को लगानीले यसमा थप १ हजारभन्दा बढी व्यक्तीहरुलाई रोजगारी दिने कम्पनीले जनाएको छ ।


कम्पनीले ७७ वटा शाखाहरु सञ्चालन गरेको छ । १२० भन्दा बढि गाडीको प्रयोग गर्दै दैनिक हजारौलाई सेवा दिइरहेको छ । गतवर्ष ५२३ करोडको कारोबार गरेको कम्पनीका अहिले ३ लाख ५० हजार ग्राहक रहेका छन । १ लाख ५० हजार आइपिटिभीका ग्राहक रहेको कम्पनीले जनाएको छ । ५ हजारभन्दा बढि स्थानमा कम्पनीले फ्रि वाइफाई जोन निमार्ण गरेको कम्पनीले ८ हजार ५ सय कर्पोरेट सस्थाहरुलाई पनि सेवा दिइरहेको छ । नेपालको फाइबर इन्टरनेटमा ५४ प्रतिशतको हिस्सा राख्ने कम्पनीले आगामी ५ वर्षमा १० प्रयोगकर्ता्लाई सेवा दिने लक्ष्य राखेको छ ।


नेपालमा सीडीसीको शेयरमा यो पहिलो लगानी हो ,तर अन्य क्षेत्रमा पनि लगानी गर्ने सोचमा रहेको श्रीनि नागराजनले बताए । कार्यक्रमममा बोल्दै उनले “समुदायलाई गरीवीबाट मुक्त गर्न सहयोग पुयाउने कार्यमा इन्टरनेट सेवाले पुलको रुपमा काम गर्ने छ भन्नेमा हामी विश्वस्त छा ैं। नेपालभरि मझौला तथा साना उद्योगहरुमा इन्टरनेटको उपयोगिताले उनीहरूलाई विश्व व्यापार र बजारमा पहुँच पुर्याउन मद्दत गर्नेछ भन्ने हाम्रो मान्यता हो ।”

\"\"


नागराजनले विशेष सम्वोधन गर्दै भने ‘ यसले नेपाल र विदेशमा रहेका नेपाली परिवारहरु लाई सम्पर्कमा ल्याउँछ । यसको अनुभवी संस्थापक र व्यवस्थापन टोलीहरूको नेतृत्वमा वल्र्डलिंकको विस्तार प्रभावशाली भएको हामिले पाएका छौं ।’ वल्र्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवाल भन्छन् ‘हामी नेपालको पहिलो सीडीसी शेयर लगानीको साझेदार हुन पाएकोमा यतिबेला गौरव मात्र अनिभुती गरिरहेका छैनौ हामी प्रती गरेको यो विश्वास लाई कहिले पनि कमजोर हुन दिने छैनौ भन्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’


पत्रकार सम्मेलनमा अग्रवालले भने ‘ यो हाम्रो २४ बर्षको मेहनत तथा नेपालको इन्टरनेट र टेलिकम उद्योगप्रतिको विश्वास पनि हो । सीडीसीले हामी प्रति देखाएको हार्दिकताले अवको लक्ष्य भनेको वल्र्डलिंकलाई विश्व स्तरीय कम्पनीमा रूपान्तरण गर्नेु नै हो । जसले नेपालका अन्य कम्पनीहरूलाई नमूना र प्रेरणाको रूपमा काम गर्न प्रेरित गरोस । ‘  डीएफआईडी नेपालका कार्यालय प्रमुख लीसा होनले कार्यक्रममा बोल्दै नेपालको आर्थिक बृिद्धलाई सहयोग पुर्याउन यस संस्थाले सडक र पुलहरू निमार्णमा मद्दत गरि नेपालका दुर्गम गाउँहरू जोडन डीएफएआईडीको लामो इतिहास छ । मलाई थाहा छ कि यसको पहुँचले यी ठाउँहरूको सम्भाव्यता खोजी गर्न अर्थपूर्ण काम गरेको छ ।’