कीवर्डहरू -

फोरजीबारे रोचक तथ्यहरु 

फोरजीबारे रोचक तथ्यहरु 

मोवाइल सञ्चारको चौथो पुस्ता फोरजीका बारेमा केहि तथ्यहरु प्रस्तुत छ । नेपालमा २०१७ जनवरी १ मा नेपाल टेलिकमले फोरजीको सुरुवात गरेको थियो । 


१. फोरजी विश्वमा सन् २००९ मा नै इन्ट्रोड्युस भएको हो । लगभग ३ वर्षपछि सन् २०१३ यसको प्रयोग व्यापक भयो । फोरजी ८००, ९००, १८०० र २६०० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालनमा छ । 

पहिलो फोरजी प्रयोग गर्ने अपरेटर टेलियासोनेरा हो


२. फोरजी मोवाइल सञ्चारको पुस्ताको रुपमा लिइन्छ । सन् १९८० मा सुरु भएको १ जी पछि सन् १९९० दशकमा २ जी, सन् २००० मा थ्रीजी र सन् २०१० पछि फोरजीको प्रयोग भएको छ । सन् २०२० पश्चात फाइभजीको प्रयोग बढनेछ । 


३. फोरजी २जी र ३ जीभन्दा कम फ्रिक्वेन्सीमा सञ्चालनमा छ । यसले पर्खाल, विल्डिङहरुमा पनि सजिलै नेटवर्क प्रदान गर्दछ । कम फ्रिक्वेन्सी र राम्रो कभरेज फोरजीको विशेषता हो ।  


४. एलटिईले फोरजी इनेवल डिभाइसमा पहुच दिन्छ । लङ टर्म इभोलुसनलाई एलटिई भनिन्छ । 


५. फोरजीले बढि व्याट्री खपत गर्दछ । यसलाई पावर हंग्री पनि भनिन्छ । मोवाइल वा इलेक्ट्रोनिक्स डिभाइसमा फोरजी चिपसेट प्रयोग गरिएको हुन्छ । 


६. फोरजीले चाडो डेटा सेवा प्रदान गर्दछ । डेटा खपत भने थ्रीजी बराबर नै हुन्छ । 


७. फिनल्याण्डमा पहिलोपटक सन् २००९ मा फोरजी प्रयोगमा आएको थियो । पहिलो फोरजी प्रयोग गर्ने अपरेटर टेलियासोनेरा हो ।