कीवर्डहरू -

टिभीएस एनटर्क – सधैं तपाईको साथमा

टिभीएस एनटर्क – सधैं तपाईको साथमा

जगदम्बा मोटर्स प्रा.लि.,नेपालका लागि टिभीएस स्कुटरको अधिकृत वितरकले नेपालीहरुको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाहरुको मन्दिर भ्रमणलाई सहज बनाउन मद्दत गरेको छ । यो पहल सप्तमी र अष्ठमी गरेर दुई दिनसम्म जारी रहेको थियो । 


टिभीएस एनटर्कका स्वयमंसेवकहरु उपत्यकाकै अत्यन्त भीडभाड हुने मन्दिर गुहेश्वरी र भद्रकालीमा छरिएर सयौंको संख्यामा रहेका वृद्धवृद्धा र बच्चा बोकेका महिलाहरु दर्शनाथीहरुको स्थानमा गएर उनीहरुको पालोका लागि लाईनमा बसेर सहयोग गरिरहेका थिए ।


भक्तजनहरुले टिभीएस एनटर्कको स्टलमा विश्राम गरे र यसैबीचमा स्वयमंसेवकहरु उनीहरुका लागि लाईनमा बसिदिए । स्वयमंसेवक बाहेक थुप्रै युवाहरुले टिभीएस एनटर्कको महान कार्यमा हात बढाए ।
यो पहलको मुख्य उद्देश्य वृद्धवृद्धाहरुको मन्दिर भ्रमणलाई सहज बनाउनु रहेको थियो । यो अभियानको साथ टिभीएस एनटर्क “सधैं तपाईको साथमा” भन्ने सिद्धान्तमा अटल रहेको छ ।