चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय आईटी सम्मेलन ुवर्डक्याम्प २०१९ु हुने भएको छ । नोभेम्बर ९ मा आयोजना हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागितामा हुने जनाइएको छ । पानोरोमा गार्डन तेरसाल चोकमा आयोजना हुने कार्यक्रममा वर्डप्रेसका अन्तरास्ट्रिय बिज्ञहरु सहित नेपाली प्रयोगकर्ताहरुको बिशेष सहभागिता रहने छ ।
यस कार्यक्रममा वर्डप्रेसलाई कसरी प्रयोग गर्ने, यस क्षेत्रबाट उद्यमी कसरी बन्ने भन्ने बिषयहरुमा छलफल तथा अन्तर्क्रिया हुने आयोजकले जानकारी दिएको छ । वर्डप्रेसलाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा वर्कशपको साथै आईटी क्षेत्रमा भविष्य खोजिरहेका ब्यक्तिहरुलाई ठूलो अवसर हुने छ ।
यो सम्मेलनमा चितवनको आईटी क्षेत्रको विकास र सम्भावनाका विषयमा पनि छलफल हुने जनाइएको छ । कार्यक्रममा विभिन्न बिज्ञहरुको १३ वटा कार्यपत्र तथा प्रस्तुति रहेको छ ।
वर्डप्रेस निःशुल्क खुल्ला स्रोत कन्टेन्ट म्यानेजमेन्ट सिस्टम हो जसबाट ७५ मिलियन भन्दा बढी वेबसाइटहरू अहिले वेबमा छन् । वर्डप्रेसमा काम गर्ने कम्पनी, सफ्टवेयर विकासकर्ता, विद्यार्थी र सो(सँग सम्बन्धित व्यक्तिहरुको समुहद्वारा नियमित रुपमा वर्कशप र सम्मेलन गर्ने गर्छन, त्यहि समूहमध्यको एक कार्यक्रम हो वर्डप्रेस भरतपुर ।
वर्डप्रेस स्थानीय समूहहरुले नियमित वर्कशप र सम्मेलनको अलावा वार्षिक रुपमा वर्डक्याम्प कार्यक्रम गर्ने गर्छन जसमा सबै वर्डप्रेस र अन्य खुल्ला श्रोत सफ्टवेयरमा आधारित भई देश तथा विदेशबाट आएका विज्ञहरुबाट वर्कशपका साथै प्रस्तुतीकरण दिने गर्दछन । नेपालमा काठमाडौँ, पोखरा र बिराटनगर गरि ३ ओटा शहर मा वर्डक्याम्पको अन्तरास्ट्रिय सम्मेलन सम्पन्न भैसकेको छ ।
यस्ता छन् स्पिकर्स :
यस्तो छ कार्यक्रमको सेड्युल :