कीवर्डहरू -

भरतपुरमा \'वर्डक्याम्प २०१९\' आयोजना हुदै, एक दर्जन बढी कार्यपत्र प्रस्तुत हुने  

भरतपुरमा \'वर्डक्याम्प २०१९\' आयोजना हुदै, एक दर्जन बढी कार्यपत्र प्रस्तुत हुने  

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय आईटी सम्मेलन ुवर्डक्याम्प २०१९ु हुने भएको छ । नोभेम्बर ९ मा आयोजना हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागितामा हुने जनाइएको छ । पानोरोमा गार्डन तेरसाल चोकमा आयोजना हुने कार्यक्रममा वर्डप्रेसका अन्तरास्ट्रिय बिज्ञहरु सहित नेपाली प्रयोगकर्ताहरुको बिशेष सहभागिता रहने छ ।


यस कार्यक्रममा वर्डप्रेसलाई कसरी प्रयोग गर्ने, यस क्षेत्रबाट उद्यमी कसरी बन्ने भन्ने बिषयहरुमा छलफल तथा अन्तर्क्रिया हुने आयोजकले जानकारी दिएको छ । वर्डप्रेसलाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा वर्कशपको साथै आईटी क्षेत्रमा भविष्य खोजिरहेका ब्यक्तिहरुलाई ठूलो अवसर हुने छ ।


यो सम्मेलनमा चितवनको आईटी क्षेत्रको विकास र सम्भावनाका विषयमा पनि छलफल हुने जनाइएको छ । कार्यक्रममा विभिन्न बिज्ञहरुको १३ वटा कार्यपत्र तथा प्रस्तुति रहेको छ ।


वर्डप्रेस निःशुल्क खुल्ला स्रोत कन्टेन्ट म्यानेजमेन्ट सिस्टम हो जसबाट ७५ मिलियन भन्दा बढी वेबसाइटहरू अहिले वेबमा छन् । वर्डप्रेसमा काम गर्ने कम्पनी, सफ्टवेयर विकासकर्ता, विद्यार्थी र सो(सँग सम्बन्धित व्यक्तिहरुको समुहद्वारा नियमित रुपमा वर्कशप र सम्मेलन गर्ने गर्छन, त्यहि समूहमध्यको एक कार्यक्रम हो वर्डप्रेस भरतपुर ।

वर्डप्रेस स्थानीय समूहहरुले नियमित वर्कशप र सम्मेलनको अलावा वार्षिक रुपमा वर्डक्याम्प कार्यक्रम गर्ने गर्छन जसमा सबै वर्डप्रेस र अन्य खुल्ला श्रोत सफ्टवेयरमा आधारित भई देश तथा विदेशबाट आएका विज्ञहरुबाट वर्कशपका साथै प्रस्तुतीकरण दिने गर्दछन ।


नेपालमा काठमाडौँ, पोखरा र बिराटनगर गरि ३ ओटा शहर मा वर्डक्याम्पको अन्तरास्ट्रिय सम्मेलन सम्पन्न भैसकेको छ ।

\"\"