कीवर्डहरू -

क्यान महासंघमा बढ्याे चुनावी माहाेल, कस्तो छ, नवराज र सुनैनाको प्यानल ?

पहिलो महिला अध्यक्ष कि उपत्यका बाहिरबाट पहिलो अध्यक्ष !

क्यान महासंघमा बढ्याे चुनावी माहाेल, कस्तो  छ, नवराज र सुनैनाको प्यानल ?

काठमाडौं । सन् १९९२ मा केही कम्प्युटर व्यवसायीहरुले स्थापना गरेको कम्प्युटर एशाेसिएसन अफ नेपाल (क्यान) अहिले महासंघको रुपमा परिणत भइसकेको छ । देशैभर करिब ५ हजार सदस्यहरु क्यानमा आबद्ध छन् । ४८ जिल्लामा शाखा छन् । सातै प्रदेशमा कार्यसमिति बनेका छन् । महासंघीय संरचनामा जान प्रदेश र जिल्ला तहमा संगठन विस्तार भए पनि अन्य महासंघजस्तो क्यानले प्रभावकारी काम गर्न नसकेको आलोचना भइरहेको छ ।

सुरुवाती समयमा संस्थाले कमाएको शाख पछिल्लो समय कायम भइरहेको देखिँदैन । डिजिटल नेपालको अवधारणामा देश अघि बढिरहेको सन्दर्भमा क्यानको भूमिका भने छाँयामा छ । एकाध कार्यक्रमहरु गरिरहे पनि समग्र आइसिटी क्षेत्रले जुन अपेक्षा क्यान महासंघबाट गरेको थियो, त्यो हुन सकिरहेको छैन । यो क्षेत्रको अगुवा र एक्लो संस्था भनेर प्रचारप्रसार गरे पनि क्यानको काम निर्णायक बन्न सकिरहेका छैनन् ।

‘क्यानमा रहेर काम गर्नेभन्दा यसलाई व्यक्तिगत लाभ लिने संगठनको रुपमा लिन थाले । हामीले २७ वर्षअघि संस्थाको अवधारणा ल्याउँदा यस्तो अवस्था आउला भनेर सोचेका थिएनौं,’ शर्मा भन्छन्, ‘क्यानभित्र गुट उपगुट भित्रिन थालेछ । अब क्यान र राजनीतिक संगठनबीच के फरक रह्यो र ?’

महासंघ बनिसकेपछि समग्र आइसिटी क्षेत्रकै अभिभावक संस्था बन्नुको साटो संगठनभित्र गुट निर्माण गर्ने, आरोप प्रत्यारोपमा उत्रिने, अन्य संस्थाहरुले गर्न खोजेका सराहनीय काममा समेत अवरोध निम्त्याउने प्रवृत्ति हावी भएको छ । एकले अर्कालाई निषेध गर्दै आफू पक्षका सदस्यहरुलाई मात्रै जोड्ने प्रवृत्ति बढेकोमा महासंघका संस्थापक अध्यक्ष विमलकुमार शर्मा असन्तुष्टि पोख्छन् ।

‘क्यानमा रहेर काम गर्नेभन्दा यसलाई व्यक्तिगत लाभ लिने संगठनको रुपमा लिन थाले । हामीले २७ वर्षअघि संस्थाको अवधारणा ल्याउँदा यस्तो अवस्था आउला भनेर सोचेका थिएनौं,’ शर्मा भन्छन्, ‘क्यानभित्र गुट उपगुट भित्रिन थालेछ । अब क्यान र राजनीतिक संगठनबीच के फरक रह्यो र ?’ उनले संस्थाको उद्देश्यअनुरुप काम गर्नुभन्दा अर्कालाई कटाक्ष गर्न क्यानका सदस्यहरु धेरै समय बिताएको तितो यथार्थ पोखे ।

बढ्यो चुनावी माहोल
क्यान महासंघको आलोचना भइरहँदा यसैबीच १३औं कार्यसमितिको निर्वाचन हुँदै छ । क्यानको केन्द्रीय साधारणसभा तथा महाधिवेशन आगामी मंसिर ७ गते शनिबार हुँदै छ । यसपालि ई–भोटिङमा जाने गरी तयारी हुँदै छ । केन्द्र र जिल्लाका मतदाताहरुको सूची पनि तयार भइसकेको छ । साधारणसभामा वार्षिक कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनमा छलफल हुनेछ भने सोही दिन नै महासंघको नयाँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

यही सेरोफेरोमा प्रदेश १ का ६ जिल्ला, प्रदेश २ का ५ जिल्ला, प्रदेश ३ का ७ जिल्ला, गण्डकी प्रदेशका ९ जिल्ला, प्रदेश ५ का ११ जिल्ला, कर्णाली प्रदेशका ४ जिल्ला र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व आएको छ । त्यसैगरी असोज १ देखि ७ गतेसम्म सातै ओटा प्रदेश समितिको निर्वाचन सम्पन्न भइसकेको छ । अब मंसिर ७ गते हुने नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि क्यान सदस्यहरुबीच दौडधुप चलेको छ ।

कुल सदस्यहरुमध्ये ११ सय  ८३ जनाले मात्रै नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउँछन् । साढे ३ सयकाे हारहारीमा जिल्लाका  मतदाता छन् भने बाँकी सबै केन्द्रबाट रहेका छन् ।

११ सय ८३ मतदाता
हाल क्यान महासंघमा ४ प्रकारका सदस्यता रहेका छन् । जिल्ला शाखा, व्यक्तिगत, संस्थागत र विषयगत गरी क्यानको सदस्यता लिन सकिन्छ । काठमाडौं उपत्यकाभित्र ६ सयको हाराहारीमा सदस्यहरु छन् । यी सबै सदस्यहरुले नयाँ कार्यसमितिको निर्वाचनमा मत हाल्न सक्छन् । त्यस्तै काठमाडौंबाहिर ४ हजारको हाराहारीमा क्यान महासंघका सदस्यहरु रहेका छन् । उपत्यका बाहिरका सदस्यहरुमध्ये १० सदस्य बराबर एक जना सदस्यले केन्द्रमा प्रतिनिधित्व गर्दै मतदान गर्न पाउने व्यवस्था छ ।

कुल सदस्यहरुबाट ११ सय ८३ जनाले मात्रै नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउने छन् । साढे ३ सयकाे हारहारीमा जिल्लाका मतदाता छन् भने बाँकी सबै केन्द्रबाट रहेका छन् । नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन भएको छ । निर्वाचन समितिले आचारसंहिता बनाएर दिइसकेपछि निर्वाचनसम्बन्धी कार्यक्रम तय हुनेछ । केन्द्रमा भदौ मसान्तसम्म सदस्यता नवीकरण गरेका सदस्यहरुले मतदान गर्न पाउँछन् ।

नवराज र सुनैनाको प्यानल
मंसिर ७ मा हुने क्यान महासंघको चुनावका लागि करिब एक वर्षदेखि नै अध्यक्षका प्रत्याशी लगायतले आफ्नो समूह बनाउने, सदस्यहरुलाई भेट्ने लगायतका गतिविधि गर्दै आएका थिए । केन्द्रका कतिपय सदस्यहरु खुलेरै आआफ्नो समूहको पक्षमा लबिङ गर्दै आएका छन् । आसन्न महासंघको चुनावका अहिले केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र उपाध्यक्ष सुनैना घिमिरे पाण्डेको प्यानल चुनावी प्रतिस्पर्धाका लागि उत्रिएको छ ।

दुवै प्यानल चुनावी मैदानमा होमिँदा सदस्यहरु पनि विभाजित भइरहेका छन् । यी दुवै समूह व्यक्तिगत, संस्थागत, विषयगत र जिल्ला शाखा सदस्यहरुसँग निरन्तर सम्पर्कमा आउन थालेका छन् ।

दुवै प्यानलले अहिले मतदाता भेटघाटलाई तीव्र पारेका छन् । लामो समयदेखि क्यानमा काम गरिरहेका कुँवर वरिष्ठता र अनुभवको आधारमा सदस्यहरुले आफूलाई मतदान गर्ने दाबी गर्छन् । ‘जिल्ला क्यानको अवधारणा र कार्यान्वयन गर्न मैले धेरै कसरत गरेको छु । केन्द्रमा रहेर पनि लामो समयसम्म साथीहरुसँग काम गरेको र जिल्ला र प्रदेशका साथीहरुले पनि मसँग भरोसा राखेको स्थिति छ,’ कुँवर भन्छन् । यसअघि केन्द्रबाटै अध्यक्ष बन्ने परम्परा रहेकोमा पहिलो पटक उपत्यका बाहिरबाट आफू प्रत्याशी बन्न लागेको उनी बताउँछन् ।

अर्कोतर्फ सुनैना घिमिरे पाण्डे क्यानको इतिहासमै पहिलो पटक अध्यक्षको पहिलो महिला प्रत्याशी हुन् । हाल उपाध्यक्ष रहेकी उनी यसअघि सचिव थिइन् । ‘क्यानको २७ वर्षको इतिहासमा अहिलेसम्म कुनै महिला नेतृत्वमा आएका छैनन् । नौलो अनुभव लिइरहेको छु । म विशुद्ध आइटी पृष्ठभूमिबाट आएकी हुँ । आइटी क्षेत्रका समस्या, व्यवसायीहरुको हकहितका लागि गर्नुपर्ने काम र राज्यसँगको समन्वय आदिका लागि काम गर्दै आएको छु । केन्द्रमा मात्रै होइन, प्रदेश र जिल्ला शाखाले पनि मेरो उम्मेदवारीलाई ऊर्जा दिनुभएको छ,’ उनले सुनाइन् ।

दुवै प्यानल चुनावी मैदानमा होमिँदा सदस्यहरु पनि विभाजित भइरहेका छन् । यी दुवै समूह व्यक्तिगत, संस्थागत, विषयगत र जिल्ला शाखा सदस्यहरुसँग निरन्तर सम्पर्कमा आउन थालेका छन् ।

नवराज कुँवर : क्यान महासंघमा उपत्यका बाहिरबाट पहिलो अध्यक्ष बन्ने अवसर

२०५२ सालमा क्यान महासंघको व्यक्तिगत सदस्यता लिई केन्द्रीय कार्यसमितिमा अहिलेको अवस्थामा सबैभन्दा पुरानो व्यक्ति र कार्यसमितिको विभिन्न पद र भूमिकामा रहेर सबैभन्दा बढी समय मैले काम गरेको छु । क्यानलाई देशभरी लैजाने अभियान सञ्चालन गरी त्यसको नेतृत्व गर्ने व्यक्ति पनि म हुँ । क्यानको २७ वर्षको इतिहासमा अहिलेसम्म उपत्यका बाहिरबाट कोही पनि अध्यक्ष भएको छैन । जिल्लाको सन्दर्भमा शत्प्रतिशत जिल्लाले मलाई सहयोग गरेको अवस्था छ । त्यस्तै संस्थागत, व्यक्तिगत र बिषयगत सदस्यसाथीहरु तथा वर्तमान अध्यक्ष, पदाधिकारी र धेरै कार्यसमिति सदस्यज्यूहरु लगायत पूर्वअध्यक्ष ज्यूहरुको समेत मलाई पूर्ण सहयोग रहेको छ ।

क्यान महासंघको जिल्ला शाखा विस्तार गर्ने अगुवाई गर्नुका साथै केन्द्र र जिल्लाबीच अधिकारको सवालमा रहेका विभेद अन्त्य गर्न पहल गरिरहेकाले साथीहरुले म प्रति भरोसा राख्नुभएको छ । केन्द्र (काठमाडौं उपत्यका) का सदस्यहरुबीच पनि मैले १४/१५ वर्ष रहेर काम गरेँ । यसर्थ मतदाताहरुले पनि क्यानलाई बुझेको, अनुभवी र केन्द्र र जिल्ला दुवैलाई समन्वयकारी रुपले लैजान सक्ने नेतृत्वलाई मत दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।

मैले लामो समयदेखि क्यानभित्र विभिन्न भूमिकामा रहेर काम गरेँ । हिजो क्यान संघ के थियो र अहिलेको क्यान महासंघको आवश्यकता के छ भन्ने सवालमा म जानकार छु । साथीहरुको माग र आवश्यकता बुझेको छु । विस्तारै क्यानका कार्यक्रम महासंघीय प्रणालीअनुसार जिल्ला र ग्रामीणस्तरमा हुन थालेका छन् । सातै प्रदेशमा क्यान महासंघको बलियो उपस्थिति जनाउनु पर्नेछ । मैले विशेषतः २ ओटा कामलाई प्राथमिकतामा राखेको छु । आफ्ना सदस्यहरुको हकहितका लागि काम गर्ने र अर्को सूचना प्रविधिलाई जनस्तरसम्म लैजान विभिन्न कार्यक्रम र अगुवाई गर्ने । साथै अहिलेको कार्यकालमा सुरु गरिएका कामहरुलाई पूर्णता दिने ।

मैले तीनै तहका सरकारसँग मिलेर ग्रामीण तहसम्म क्यानलाई लैजानुपर्ने योजना ल्याएको छु । क्यान महासंघलाई आन्तरिक रुपमा बलियो पार्दै लैजाने विषयहरु पनि छन् । अहिले क्यानको आफ्नै घरजग्गा जोड्ने योजना केही हदसम्म सुरु भएको छ । मेरो नेतृत्वमा यसलाई पूर्ण कार्यान्वयन गर्ने र संगठनलाई आर्थिक र भौतिक रुपले बलियो बनाउन कार्यक्रम ल्याउने छु । सातै प्रदेशमा क्यानको आफ्नै प्रादेशिक प्रशासनिक भवन पनि बनाउने योजना राखेको छु । केन्द्रले बनाएका नीतिलाई जिल्लास्तरमा लैजाने, प्रादेशकि सचिवालयको व्यवस्था गर्ने, अन्य सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्ने कार्यलाई चुस्त बनाउने छु ।

सूचना प्रविधिको विकास, विस्तार प्रवद्र्धनमा क्यानलाई एक अभिभावक र साझा संस्था बनाउनुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा संगठनको प्रभावकारी उपस्थिति बनाउन मैले प्रयत्न गर्नेछु । त्यस्तै अहिले सरकारी निति, नियम, कानुनका कारण हाम्रा व्यवसायी साथीहरुले आयात निर्यातमा ठूलो समस्या भोगिरहनु भएको छ । चाहे त्यो हार्डवेयरमा होस् चाहे त्यो सफ्टवेरमा होस् यस्ता नीति नियम ऐन सम्बन्धी सरकारसँग सहकार्य गरेर समयसापेक्ष अनुकुल गराउने प्रयास गर्ने छु ।


सुनैना घिमिरे पाण्डे : क्यान महासंघको पहिलो महिला अध्यक्ष बन्ने अवसर

क्यानको २७ वर्षको इतिहासमा अहिलेसम्म कुनै महिला नेतृत्वमा आएका छैनन् । नौलो अनुभव लिइरहेकीे छु । म विशुद्ध आइटी पृष्ठभूमिबाट आएकी हुँ । आइटी क्षेत्रका समस्या, व्यवसायीहरुको हकहितका लागि गर्नुपर्ने काम र राज्यसँगको समन्वय आदिका लागि काम गर्दै आएकी छु । केन्द्रमा मात्रै होइन, प्रदेश र जिल्ला शाखाले पनि मेरो उम्मेदवारीलाई ऊर्जा दिनुभएको छ । संगठनमा गुटबन्दी सिर्जना गर्ने, एकले अर्को पक्षलाई निषेध गर्ने प्रवृत्तिको मैले विरोध गर्दै आएकी छु । यस्तो प्रवृत्तिले क्यानको शाखलाई झनै घटाउँछ ।

मैले नेतृत्वका लागि आफूलाई प्रस्तुत गरिरहँदा केही विषय राख्नैपर्ने हुन्छ । विशेषतः सूचना प्रविधिमा विदेशी लगानी भित्र्याउने, बहुराष्ट्रिय कम्पनीलाई यहाँ रहेर काम गर्ने वातावरण तयार पार्ने, आइटी उद्योगमैत्री नीति निर्माण र त्यसको कार्यान्वयनमा सरोकार निकायहरुसँग समन्वय गर्ने, बिपिओ उद्योग भित्र्याउने र प्रवद्र्धन गर्ने लगायतका कामका लागि क्यानको अग्रसरतामा राष्ट्रियस्तरको आइटी बोर्ड गठन गर्ने योजना ल्याएकी छु ।

म विशुद्ध आइटी पृष्ठभूमिबाट आएकी हुँ । आइटी क्षेत्रका समस्या, व्यवसायीहरुको हकहितका लागि गर्नुपर्ने काम र राज्यसँगको समन्वय आदिका लागि काम गर्दै आएको छु । केन्द्रमा मात्रै होइन, प्रदेश र जिल्ला शाखाले पनि मेरो उम्मेदवारीलाई ऊर्जा दिनुभएको छ ।

नेपाललाई आइटी बिजनेशको हब बनाउन यस बोर्डमार्फत योगदान दिन सकिन्छ भन्नेतर्फ जोड दिनेछु । क्यान महासंघ यस्तो एक्लो संगठन हो, जहाँ विभिन्न पृष्ठभूमिबाट आएका आइटी क्षेत्रका बौद्धिक व्यक्तिहरु आबद्ध हुनुहुन्छ । यहाँ विभिन्न प्रकृतिको सदस्यता प्रणाली छ । सबै प्रकारका सदस्यहरुको बराबरी अधिकारको व्यवस्था गर्न नेतृत्वदायी भूमिका खेल्नेछु । जिल्ला, प्रदेश र केन्द्र भनेर अहिले जुन प्रकारको विभेद भइरहेको छ, त्यसको अन्त्य गर्नेछु ।

म आइटीका विभिन्न संस्था र फोरमहरुमा काम गर्दै आएको विदितै छ । क्यान भनेको आइटी पोलिसी ड्राफ्ट गर्ने संस्था हो । तर, राज्यलाई आइटीका हरेक काममा घच्घच्याउने यो संस्थाको अवस्था अहिले कस्तो छ ? यसबारे सबैलाई थाहा नै छ । यसर्थ क्यानको नेतृत्वमा इन्डस्ट्री बुझेको मान्छे चाहिएको छ । अहिले हामी आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गर्दै छौं, रोबोटिक्सको कुरा गर्दै छौं, यी विषयमा पोलिसी ड्राफ्ट गर्न, राज्यसँग समन्वयकारी भूमिका खेल्न सबल नेतृत्वको खाँचो छ ।

साथमा क्यानलाई आर्थिक स्रोतले सम्पन्न बनाउन पनि उत्तिकै आवश्यकता छ । मेरो कार्यकाल अवधिमा महासंघको आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता जनाउँछु । क्यान केन्द्र मात्रै होइन, प्रदेश क्यान र जिल्ला क्यान पनि आफ्नै खुट्टामा उभिन सक्ने क्षमताको विकास गर्नेछु ।