नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)लाई , ' SAFA Best Presented Annual Report Awards' अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट”प्रदानगरिने भएको छ ।
दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा
South Asian Federation of Accountants (SAFA)
समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ ।
SAFA
ले सो अवार्ड ढाका,बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्नेछ ।
यस अघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले
Institutes of Chartered Accountants of Nepal
(आईक्यान) द्वारा संचालित द्यएब् अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो । त्यसपश्चात सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि क्ब्ँब् मा पठाएको थियो ।
एनसीएचएलले भुक्तानीतथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । यसको
NCHL-ECC, NCHL-IPS
/
connect
IPS e-Payment
प्रणाली सञ्चालनमा रहेका छन् ।