कीवर्डहरू -

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीचविद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारी प्रदानगर्ने सम्झौता

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीचविद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारी प्रदानगर्ने सम्झौता

‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर प्रदानगर्ने सम्बन्धि एक रणनितिक साझेदारीको घोषणा गरेका छन् । 

खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।


खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।


सम्झौताअनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्र्निशपका लागि आवेदन दिन सक्नेछन् । छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालिन रोजगारी प्रदानगरिनेछ ।

मुख्यतः खल्तीले विद्यार्थीहरुको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्र्निशपका लागि अनुकुल समय प्रदान गर्नेछ । साथै,  कलेजसँग परामर्श गरेर परीक्षातथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुहरुको समयमा बिदाको पनि व्यवस्था गर्नेछ । त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमाकार्यरत कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष  छात्रवृत्तिप्रदानगर्ने भएको छ ।


‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।


सन् २०१७ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदीयमान र रुचाईएको पेमेन्ट गेटवे हो । खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । खल्तीमा हाल विभिन्न सीप तथा दक्षता भएका एक सय भन्दा धेरै कर्मचारीहरु कार्यरत छन् । 


त्यस्तै, सन् १९९८ मा स्थापनाभएको लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो आईटी कलेज हो । आफ्नो स्थापनाको सुरुवात देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस कलेज एक गैर–नाफामुलक गैर–सरकारी संस्था हो ।