कीवर्डहरू -

TEDx बालकुमारी रोड सम्पन्न 

TEDx  बालकुमारी रोड सम्पन्न 

विश्वस्तरमा सुप्रसिद्द फोरम, टेड कन्फेरेन्सको स्थानिय स्तरमा आयोजना हुने कार्यक्रम टेड एक्स हो, जुन ूसु(परिवर्तनका स्थानिय सम्बाहकू थिममा टेड एक्स बालकुमारीरोड शिर्षकमा कार्यक्रम सम्पन्न भयो। क्युरेटर आयोजक सचिन जङ्ग कार्कीको नेतृत्वमा लायन्सचोकमा रहेको रेडकार्पेट होटलमा कार्यक्रम आयोजना भएको थियो ।

\"\"
टेड एक्स कार्यक्रम विभिन्न शिर्षकमा उत्सुक स्थानिय व्यक्तिहरूद्वारा आयोजना गरिन्छ र जानकार र विज्ञहरुद्वारा मन मष्तिशक मन्थन हुने खालका प्रस्तुती हुने गर्दछन्।
टेडएक्स कार्यक्रमहरूमा प्रत्यक्ष वक्ता र रेकर्ड गरिएको टेड वार्ताहरू समावेश हुन्छन्, र टेड द्वारा प्रदान गरिएको निशुल्क इजाजत पत्र अन्तर्गत स्वतन्त्र रूपमा कार्यक्रम आयोजना गरिन्छ।

ईमेजिन कप २०१८ विजेता सोचवेयर सिईओ ईडा रिजाल द्वारा सूचना प्रविधीमा महिला सहभागिता र कलाकार तथा ईन्जिनियर सुरक्षा पन्तद्वारा 'म फोहोर र मेरो शुद्धीकरण'मा कार्यपत्र प्रस्तुत गरेका थिए ।

टेड एक्स बालकुमारीरोड कार्यक्रममा कृषि व्यवसायी, राष्ट्रिय विउ बोर्डका सदस्य, चितवन उवा संघका पूर्व अध्यक्ष, लाईभ फार्मासिउटिकल्सका अध्यक्ष मित्रराज दवाडी द्वारा स्थानिय विउ र अत्मनिर्भरता, माईक्रोसफ्ट ईमेजिन कप २०१८ विजेता सोचवेयर सिईओ ईडा रिजाल द्वारा सूचना प्रविधीमा महिला सहभागिता रहेको थियो ।


यसैगरी, डाटा साईन्स ईन्जिनियर चन्दन गुप्ता द्वारा प्रविधी र दैवि प्रकोप, संविधानसभा सदस्य, कानुन निर्माण समिति अध्यक्ष, कानुन न्याय र मानवअधिकार कमिटिका सदस्य कृष्ण भक्त पोख्रेल द्वारा संविधान तथा कानुन, कलाकार तथा ईन्जिनियर सुरक्षा पन्तद्वारा 'म फोहोर र मेरो शुद्धीकरण'मा कार्यपत्र प्रस्तुत गरेका थिए ।

\"\"

नेपाल स्काउटका राम भट्टराई द्वारा स्काउटीङ्ग जर्नी, गायक नितेश जङ्ग कुवर द्वारा संगित र जिवन तथा कम्यूनिटी मेन्टर तथा किसान साकोसका आईटी प्रमूख सागर क्षेत्री द्वारा स्वतन्त्र तथा खुला सफ्टवेयर समुदायका विषयमा प्रस्तुती दिएका थिए  । कार्यक्रममा सयौ ब्यप्तिहरुको सहभागिता रहेको थियो ।