कीवर्डहरू -

राज्यसँग समन्वयकारी भूमिका खेल्न सबल नेतृत्वको खाँचो छ - सुनैना पाण्डे, अध्यक्षका प्रत्यासी (क्यान महासंघ)

क्यान महासंघको पहिलो महिला अध्यक्ष बन्ने अवसर खोज्दै \'सुनैना पाण्डे\'

राज्यसँग समन्वयकारी भूमिका खेल्न सबल नेतृत्वको खाँचो छ - सुनैना पाण्डे, अध्यक्षका प्रत्यासी (क्यान महासंघ)

क्यानको २७ वर्षको इतिहासमा अहिलेसम्म कुनै महिला नेतृत्वमा आएका छैनन् । नौलो अनुभव लिइरहेकीे छु । म विशुद्ध आइटी पृष्ठभूमिबाट आएकी हुँ । आइटी क्षेत्रका समस्या, व्यवसायीहरुको हकहितका लागि गर्नुपर्ने काम र राज्यसँगको समन्वय आदिका लागि काम गर्दै आएकी छु ।

केन्द्रमा मात्रै होइन, प्रदेश र जिल्ला शाखाले पनि मेरो उम्मेदवारीलाई ऊर्जा दिनुभएको छ । संगठनमा गुटबन्दी सिर्जना गर्ने, एकले अर्को पक्षलाई निषेध गर्ने प्रवृत्तिको मैले विरोध गर्दै आएकी छु । यस्तो प्रवृत्तिले क्यानको शाखलाई झनै घटाउँछ ।

म विशुद्ध आइटी पृष्ठभूमिबाट आएकी हुँ । आइटी क्षेत्रका समस्या, व्यवसायीहरुको हकहितका लागि गर्नुपर्ने काम र राज्यसँगको समन्वय आदिका लागि काम गर्दै आएको छु । केन्द्रमा मात्रै होइन, प्रदेश र जिल्ला शाखाले पनि मेरो उम्मेदवारीलाई ऊर्जा दिनुभएको छ ।

मैले नेतृत्वका लागि आफूलाई प्रस्तुत गरिरहँदा केही विषय राख्नैपर्ने हुन्छ । विशेषतः सूचना प्रविधिमा विदेशी लगानी भित्र्याउने, बहुराष्ट्रिय कम्पनीलाई यहाँ रहेर काम गर्ने वातावरण तयार पार्ने, आइटी उद्योगमैत्री नीति निर्माण र त्यसको कार्यान्वयनमा सरोकार निकायहरुसँग समन्वय गर्ने, बिपिओ उद्योग भित्र्याउने र प्रवद्र्धन गर्ने लगायतका कामका लागि क्यानको अग्रसरतामा राष्ट्रियस्तरको आइटी बोर्ड गठन गर्ने योजना ल्याएकी छु ।

नेपाललाई आइटी बिजनेशको हब बनाउन यस बोर्डमार्फत योगदान दिन सकिन्छ भन्नेतर्फ जोड दिनेछु । क्यान महासंघ यस्तो एक्लो संगठन हो, जहाँ विभिन्न पृष्ठभूमिबाट आएका आइटी क्षेत्रका बौद्धिक व्यक्तिहरु आबद्ध हुनुहुन्छ । यहाँ विभिन्न प्रकृतिको सदस्यता प्रणाली छ । सबै प्रकारका सदस्यहरुको बराबरी अधिकारको व्यवस्था गर्न नेतृत्वदायी भूमिका खेल्नेछु । जिल्ला, प्रदेश र केन्द्र भनेर अहिले जुन प्रकारको विभेद भइरहेको छ, त्यसको अन्त्य गर्नेछु ।

यसर्थ क्यानको नेतृत्वमा इन्डस्ट्री बुझेको मान्छे चाहिएको छ । राज्यसँग समन्वयकारी भूमिका खेल्न सबल नेतृत्वको खाँचो छ ।

म आइटीका विभिन्न संस्था र फोरमहरुमा काम गर्दै आएको विदितै छ । क्यान भनेको आइटी पोलिसी ड्राफ्ट गर्ने संस्था हो । तर, राज्यलाई आइटीका हरेक काममा घच्घच्याउने यो संस्थाको अवस्था अहिले कस्तो छ ? यसबारे सबैलाई थाहा नै छ । यसर्थ क्यानको नेतृत्वमा इन्डस्ट्री बुझेको मान्छे चाहिएको छ ।

अहिले हामी आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गर्दै छौं, रोबोटिक्सको कुरा गर्दै छौं, यी विषयमा पोलिसी ड्राफ्ट गर्न, राज्यसँग समन्वयकारी भूमिका खेल्न सबल नेतृत्वको खाँचो छ ।

साथमा क्यानलाई आर्थिक स्रोतले सम्पन्न बनाउन पनि उत्तिकै आवश्यकता छ । मेरो कार्यकाल अवधिमा महासंघको आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता जनाउँछु । क्यान केन्द्र मात्रै होइन, प्रदेश क्यान र जिल्ला क्यान पनि आफ्नै खुट्टामा उभिन सक्ने क्षमताको विकास गर्नेछु ।