कीवर्डहरू -

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेतालाई उपहार हस्तान्तरण 

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेतालाई उपहार हस्तान्तरण 

नेपालको पहिलो पेमेन्ट गेटवे  इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफ जेड एस एफ आइ भि थ्रि FZS FI Ver.3 मोटरसाइकल हस्तान्तरण गरिएको छ । यसैगरी अर्को बम्पर उपहार बिजेता काठमाडौ रामकोटका किरण घलेलाई एक साताको लागि एक जोडिलाई दुवई ट्रिपको प्याकेज हस्तान्तरण गरिएको छ ।


इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्न सफल भएका थिए । यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी उपहार योजनाभर  युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भए ।

यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जित्न सफल भए । यस्तै क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टि भाइरस १२ जनाका दरले जित्न सफल भए ।  यसैगरी सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भए ।


असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए ।


इसेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इसेवाका ग्राहक २५ लाख भन्दा बढी पुगी सकेका छन् र यो संख्या निरन्तर बढ्ने क्रममा छ । देशभर रहेका इसेवाका ६० हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाख भन्दाबढिले इसेवाका सेवाहरु लिइरहेका छन् । हाल इसेवामा ७० हजार भन्दा बढि मर्चेन्ट आवद्ध छन् ।