कीवर्डहरू -

राउन्ड टेबल नेपालद्वारा गिनिज वल्र्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालद्वारा गिनिज वल्र्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेवल नेपालले कदम्बरी एकेडेमी, वीरगंजका बच्चाहरुको लागि नोभेम्बर ११ मा वृहत लैगिंक समानता सम्बन्धी कार्यशालाको आयोजना गरेको छ जुन Gunnniess World Record को लागि अहिले सम्मकै सबै भन्दा ठुलो सत्रको आधिकारिक प्रयास थियो । आयुषी अग्रवालले सञ्चालन गर्नुभएको यस कार्यशालामा ११०० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा राउन्ड टेबलका अन्तर्राष्ट्रिय अध्यक्ष सेवा स्टियन वाल्टर, अन्तर्राष्टिय सचिव मार्क ग्रीमेसाउसेन, एशिया प्रशान्त अध्यक्ष जयन्त अग्रवाल, राउन्ड टेवल नेपालका सचिव राहुल र राउन्ड टेबल नेपालका अन्य सदस्यहरुको सहभागिता थियो ।