कीवर्डहरू -

कुन क्लाउड उत्कृस्ट ? एडब्लुएस, गुगल कि आजुर !

कुन क्लाउड उत्कृस्ट ? एडब्लुएस, गुगल कि आजुर  !

अमेजन वेब सर्भिस
अमेजन वेब सर्भिस एक क्लाउड–बेस्ड प्लेटफर्म हो जसले एकीकृत वेब सेवाहरु प्रदान गर्छ । अमेजनको सहायक अमेजन वेब सर्भिसले व्यक्ति, कम्पनीहरु र सरकारहरुलाई माग अनुसारको क्लाउड कम्प्युटिङ प्लेटफर्महरु प्रदान गर्छ । भुतानी सदस्यताको आधारमा अमेजन वेब सर्भिस(ए.डब्लु.एस) आफ्नो ग्राहकहरुलाई सेवाहरु दिने गरेको छ ।

यस प्रविधिले ग्राहकहरुलाई इन्टरनेटको माध्यमबाट जुनसुकै बेलामा विभिन्न कम्प्युटरको फाइलहरु एकआपसमा लेनदेन गर्ने अवसर दिन्छ । हरेक ए.डब्लु.एस प्रणालीले आधुनिक ब्राउजर प्रयोग गरेर ए.डब्लु.एस का  ग्राहकलाई  ए.डब्लु.एस प्रणालीमा कनेक्ट गर्न जोड दिन्छ ।


ए.डब्लु.एस का विशेषताहरु
सन २०१७मा ए.डब्लु.एस ले कम्प्युटिङ, स्टोरेज, नेटवर्किङ, डेटावेस, डेभ्लपर टुल, एप्लीकेसन सर्भिसहरु जस्ता ९० भन्दा बढी सेवाहरु समावेश गरेको छ जस्को सेवाहरु विस्तृत रुपमा फैलिएको छ । ए.डब्लु.एस ले एनलाइटिक, इमेल र क्यालेन्डरिङ,  मोबाइल डेभलप्मेन्ट र एप्लीकेसन टेस्टिङ जस्ता प्लेटफर्म सेवाहरु अफर गर्छ । ए.डब्लु.एस ले भर्चुअल प्राइभेट क्लाउड पनि प्रदान गर्छ जसले ए.डब्लु.एस स्पेसलाई अलग गर्छ र तपाईँसँग वातावरणको पूर्ण नियन्त्रण हुन्छ ।

यसले आफ्नो सेवाहरु र व्यवसाय बीच समर्पित नेटवर्क कनेक्सन प्रदान गर्छ । यसले एन्ड्रोइड र आइओएसको लागि  ए.डब्लु.एस म्यानेजमेन्ट कन्सोलको मोबाइल एप भर्जन प्रदान गर्दछ । ए.डब्लु.एसले  ए.डब्लु.एस मोबाइल हब प्रदान गर्छ जसले कुशलतापूर्वक डिजाइन र मोबाइल उपकरणहरु लक्षित गर्ने सुविधा समाधानहरु सिर्जन गर्न सक्षम बनाउँछ ।
ए.डब्लु.एस ले तपाईँलाई १२० भन्दा बढी क्लाउड सेवाहरुको मूल्यको लागि भुक्तानी प्रस्ताव प्रदान गर्छ । तपाईँले केबल आपूmलाई आवश्यक पर्ने सेवाहरुको मात्र शुल्क तिर्नुपर्छ र जबसम्म तपाईँ ती सेवाहरु प्रयोग गर्नुहुन्छ तबसम्मको शुल्क र सेवा मात्र तपाईले प्रप्त गर्न सक्नुहुन्छ ।

माइक्रोसफ्ट आजुर
माइक्रोसफ्ट आजुर माइक्रोसफ्टले निर्माण गरेकोे एउटो क्लाउड सर्भिस हो । यो माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरको एक विश्वव्यापी सञ्जालको माध्यमले निर्माण, परीक्षण, टेस्टिङ र डिप्लोइङ र सेवाहरुको काम गरिन्छ । यसले एल.ए.ए.एस , पि.ए.ए.एस र एस.एए.एस को आधारभूत ढाँचाको रुपमा सफ्टवेयर प्रदान गर्छ र विभिन्न प्रोग्रामिङ ल्याङवेज, टुल्स र फ्रेमवर्कहरुलाई समर्थन गर्छ ।


माइक्रोसफ्ट आजुरका विशेषताहरु
माइक्रोसफ्ट आजुरमा भचुअल नेटवर्किङ र विभिन्न मोबाइल सर्भिसहरु प्रदान गर्छ । यसले १०० भन्दा बढी किसिमका सेवाहरु दिँदैआएको छ । यसको शक्तिशाली डेटा र एआइ सेवाहरु प्रयोग गरेर नँया एपहरु निर्माण गर्न सकिन्छ । तपाईँले क्लाउडमा मिडिया सृजना गर्न, व्यवस्थापन गर्न र वितरण गर्न पनि सक्नुहुन्छ । तपाईँको माग पुरा गर्न सरल र सर्भरलेस फङसनहरु प्रयोग गरेर सजिलै एपहरु बनाउनुहोस् ।

आजुर फङसनले उच्च विश्वासनीयता र सुरक्षाको साथ पूर्ण रुपमा व्यवस्थित गरिएको कम्प्युट प्लेटफर्म प्रदान गर्दछ । मिट लाइफ, फेड एक्स, वालमार्ट जस्ता विभिन्न कम्पनीहरुले माइक्रोसफ्ट आजुर प्रयोग गर्दै आइरहेको छन् ।

गुगल क्लाउड प्लेटफर्म भने गुगल क्लाउडको एउटा भाग हो जसमा गुगल क्लाउड पब्लीक क्लाउड इन्फ्रास्ट्रक्चर, जी स्युट, एन्ड्रोइड र क्रोम ओएसको इन्टरप्राइज संस्करण र मेसिन लनिङको लागि एप्लीकेसन प्रोग्रामिङ इन्टरप्राइज प्रदान गरिएको छ ।



गुगल क्लाउड

गुगलले प्रदान गरेको गुगल क्लाउड एक क्लाउड कम्प्युटिङ सर्भिसहरुको प्लेटफर्म हो जुन गुगलले आफ्नो गुगल सर्च, यु–ट्युब जस्ता प्रोडक्टहरुको लागि पनि प्रयोग गर्छ । यसले व्यवस्थापन उपकरणहरुको साथै डेटा स्टोरेज, कम्प्युटिङ, डेटा एनलाइटिक्स र मेसिन लनिङको सेवाहरु पनि प्रदान गर्छ । त्यसैगरि गुगल क्लाउड प्लेटफर्मले इन्फ्रास्ट्रक्चर एज अ सर्भिस, प्लेटफर्म एज अ सर्भिस र सर्भरलेस कम्प्युटिङ इन्भाइरन्मेन्ट प्रदान गर्छ ।

गुगल क्लाउड प्लेटफर्म भने गुगल क्लाउडको एउटा भाग हो जसमा गुगल क्लाउड पब्लीक क्लाउड इन्फ्रास्ट्रक्चर, जी स्युट, एन्ड्रोइड र क्रोम ओएसको इन्टरप्राइज संस्करण र मेसिन लनिङको लागि एप्लीकेसन प्रोग्रामिङ इन्टरप्राइज प्रदान गरिएको छ ।


गुगल क्लाउडका विशेषताहरु
गुगल क्लाउडमा आफ्नो कोडहरु राखिसकेपछि गुगल आफैले तपाईको लागि आवश्यक कामहरु गरिदिन्छ ताकि तपाई आफ्नो कोडमा फोकस गर्नसक्नुहुन्छ र पहिलेको भन्दा बढी छिटो एप्लीकेसनहरु निर्माण गर्नसक्नुहुन्छ । गुगल क्लाउडको प्रयोगमा तपाईले काम चलिरहेको बेलाको मात्र शुल्क तिनुपर्छ । क्लाउड फङसनले तपाईँलाई आफ्नो कोड गुगल क्लाउड प्लेटफर्म, फायरबेस, गुगल असिस्टेन्टबाट ट्रिगर गर्न अनुमति दिन्छ । यसले जाभा स्क्रीप्ट र पाइथागोरसका लेखिएको कोडलाई सपोर्ट गर्छ ।


कुन उत्कृष्ट ?
विभिन्न प्रयोगकर्ताहरुको लागि एउटा क्लाउड छान्नु आफैमा ठूलो चुनौती हो । आफ्नो चाहना र आवश्यकताहरु अनुसार कुनै व्यक्तिले वा संगठनले उपयुक्त क्लाउड प्रयोग गर्ने गरेका छन् । तैपनि विभिन्न कुराहरुलाई आधार बनाएर यिनीहरुलाई तुलना गर्न सकिन्छ जसको मद्दतले ग्राहकलाई ठीक क्लाउड छान्न सहयाृग गर्छ ।

\"\"
सुविधा र सेवाहरु
अमेजन वेब सर्भिसेस (ए.डब्लु.एस), माइक्रोसफ्ट आजुर र गुगल क्लाउड प्लेटफर्महरु सबैले धेरै जसो एउटै सुविधा र सेवाहरु प्रदान गर्ने गरेका छन् । सबैले उही पब्लिक क्लाउडको तत्वहरु सेयर गर्छन् । तीनै वटा कम्पनीले भारी रकम क्लाउड सर्भिसमा प्रदान गरिरहेका छन् र सबैले मेसिन लर्निङ टुल र सर्भरलेस कम्प्युटिङ जस्ता विशेषताहरु थपेका छन् ।


डेभ्लपरलाई मेसिन लर्निङ मोडल बनाउनको लागि ए.डब्लु.एस ले सन् २०१५ मा अमेजन मेसिन लर्निङ सर्भिस लन्च गरेको हो । त्यसैगरी सन् २०१६ मा इमेज रेकग्निसन, टेक्ट टु स्पीच डीप लर्निङ मोडल र लेक्सलाई पावर दिने इन्जिनसहित ३ वटा नँया मेसिन लर्निङ सर्भिसहरुको घोषणा गरेको हो ।


माइक्रोसफ्ट आजुर मेसिन लर्निङ स्टुडियोले विशेष डेभलपरहरुलाई लेख्न, टेस्ट गर्न जस्ता काममा मद्दत गर्छ । त्यसैगरी गुगलकोे क्लाउड मेसिन लर्निङ इन्जिनको मद्दतले मेसिन लर्निङ इन्जिनियरहरुलाई डिप लर्निङ लाइब्रेरीको आधारमा मोडल बनाउन सहयोग गर्छ । सबै तीनै वटा क्लाउड प्रोभाइडरहरुले विभिन्न सेवाहरु र एप्प चलाउन अनुमति दिन्छ ।

राम्रा विशेषताहरु भए पनि ए.डब्लु.एस, आजुर र गुगलको दाँजोमा महंगो छ

फाइदा र बेफाइदाहरु
ए.डब्लु.एसले आफ्नो क्लाउड सर्भिस सन् २००६ देखि सुरु गरेको हो । यसले प्लेटफर्म कन्फिगरेसन अप्सनहरु, निगरानी र नीति सुविधाहरु, सुरक्षा र विश्वासनीयतामा उच्च स्थान दिन्छ । ए.डब्लु.एसको मार्केटप्लेसमा धेरै तेस्रो पक्ष सफ्टवेयर सेवाहरु छन् । यो चलाउन सजिलो छ र यसले राम्रो गति र तीव्रता प्रदान गर्छ ।
यो प्रयोगलाई सुरक्षित छ र यसमा कुनै क्षमता सीमा छैन ।

राम्रा विशेषताहरु भए पनि ए.डब्लु.एस, आजुर र गुगलको दाँजोमा महंगो छ । ए.डब्लु.एसले स्रोतहरुलाई क्षेत्रबाट फरक फरक पार्दछ । टेक्निकल सर्पोटका लागि शुल्क लिने र सुरक्षा सीमित रहेको यस क्लाउड सर्भिसमा सामान्य क्लाउड कम्प्युटिङका समस्याहरु आइपर्दछन् ।


माइक्रोसफ्ट आजुर अनुमानित ४.३८ घण्टा प्रति वर्षको डाउनटाइम हासिल गर्न विश्वस्त छ जुन अरु कम्पनीले हासिल गर्न सक्दैनन् । गार्टनरले माइक्रोसफ्ट आजुरलाई २०१७ क्लाउड इन्फ्रास्ट्रक्चर सर्भिस सेवाको नेतृत्व गर्न सफल क्लाउड प्रोभाइडर मानेका छन् । माइक्रोसफ्ट आजुरका प्रोजेक्टहरु सुरक्षित हुन्छन् किनभने आजुरले सुरक्षामा बलियो फोकस गर्दछ । डाटालाई जोखिमबाट हटाउनको लागि व्यवसायहरुका लागि आजुर सही विकल्प हुनसक्छ ।


प्रयोगकर्ताहरुले आफ्नो इच्छा अनुसार कम्प्युट स्केल घटबढ गराउन पनि सक्छन् र यो आजुरको एक मुख्य विशेषता हो । त्यहीसँगै यसका केही नराम्रा पक्षहरु पनि छन् । अन्य धेरै क्लाउड सर्भिस प्रोभाइडरहरु जस्तै आजुरलाई पनि विशेषज्ञताले व्यवस्थापन र निगरानी गर्नुपर्छ । यसमा चलिरहेको सबै भागहरुलाई कुशलतासाथ काम गराउन एक्पर्टाइजको आवश्यकता चाहिन्छ ।


गुगल क्लाउड सर्भिस प्रोभाइडर भने एक भरपर्दो क्लाउड स्टोरेज प्रादायकको रुपमा स्थापित हुँदैछ । राम्रो दस्तावेज बनाउन सफल यस क्लाउड कम्पनी आवश्यकता अनुसार स्टोरेजको विभिन्न भण्डारण गरेको छ जस्को मद्दतले गर्दा ग्राहकलाई सजिलो भएको छ । धेरै महंगो नरहेको गुगल क्लाउड स्टोरेजले ९९.९% वस्तुहरुको टिकाउपन प्रदान गर्छ ।


यो कम्प्युट इन्जिन, एप्प इन्जिन जस्ता अन्य गुगल क्लाउडका सेवाहरुसँग एकीकृत गर्न पनि सकिन्छ । राम्रो क्लाउड स्टोरेज भएता पनि यसमा केही कमिकम्जोरीहरु छन् जस्तै यस्को सामान्य सेवाहरुको शुल्क मासिक १५० अमेरिकी डलर (करिब रु १६९०९.५०) पर्न जान्छ जुन अरुको दाँजोमा महंगो हो । क्लाउड स्टोरेजबाट डाटा डाउन्लोड गर्न पनि धेरै शुल्क पर्दछ । तैपनि गुगलको इनोभेटिभ क्लाउड–नेटिभ कम्पनीहरुसँग राम्रो ट्रयाक रेकर्ड रहेको छ ।

यी पलाटफर्महरु सँगै नेपाली बजारमा 'अलि क्लाउड'ले पनि सेवा दिरहेको छ ।