कीवर्डहरू -

एनसेलको नयाँ अफर : प्रति मिनेट १ रुपैयाँको दरमा सम्पूर्ण नेटवर्कमा कल गर्न सकिने

एनसेलको नयाँ अफर : प्रति मिनेट १ रुपैयाँको दरमा सम्पूर्ण नेटवर्कमा कल गर्न सकिने

एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् ।  एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्दछ ।  

यो अल नेट भ्वाइस प्याक मंगलबार ९कार्तिक २६० देखि सञ्चालनमा आएको छ । यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने कर बाहेक २० रुपैयाँ ९करसहित २५।५४ रुपैया० मालिन सक्छन् । यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलो पटक हो ।

यो प्याक सुचारु गर्न एनसेलका ग्राहकले ‘एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास’ डायल गर्नु पर्नेछ  । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो अफर माघ २६ गते सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ ।