कीवर्डहरू -

एन्पिनोगले काठमाडौंमा  सूचना प्रविधि सम्मेलन गर्ने

एन्पिनोगले काठमाडौंमा  सूचना प्रविधि सम्मेलन गर्ने

इन्टरनेट  सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले यही मंसिर  २२ देखि २७ गते सम्म एनपिएनओजी–नामक छ दिने कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ । कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्नेछन् ।

काठमाडौंमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो दिन प्राबिधिक सम्मेलन को आयोजना गरिने छ भने बाँकी  प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ ।

काठमाडौंमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत पहिलो दिन प्राबिधिक सम्मेलन को आयोजना गरिने छ भने बाँकी  प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ । पाँच दिने कार्यशाला गोष्ठिमा चार विषयमा कार्यशाला गरिनेछन् । कार्यशलाका बिषयहरु Network Monitoring, Management and Automation, 2) IPv6 Deployment, 3) Network Security रहेका छन् ।

कार्यशाला गोष्ठिमा एन्पिनोगका सदस्य विशेषज्ञहरुका साथै केहि अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ज्ञान एवं सीप प्रदान गर्नेछन् । यो कार्यक्रम स्नातक तहका अन्तिम वर्षमा अध्ययनरत् विधाथी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुनेछ ।

कार्यक्रमको पहिलो दिन आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् ।

एन्पिनोगका अध्यक्ष समित जनका अनुसार यो कार्यक्रमले सूचना तथा संचार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुरयाउने छ ।

कार्यक्रमको सहआयोजकको रुपमा इन्टरनेट एक्सचेञ्ज नेपाल रहेको छ भने कार्यक्रमलाई नेपाल नेपाल सरकार, दुरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ र  ईन्टरनेट सोसाइटी नेपाल च्यापटर साथ दिएका छन् ।

अन्य जानकारीको लागी : https://npnog.org/npnog5/