कीवर्डहरू -

क्यान महासंघ चुनाव : टिम नवराज पछि सुनौनाको चुनावी एजेण्डा सहित उमेद्वारी घोषणा हुदै 

क्यान महासंघ चुनाव : टिम नवराज पछि सुनौनाको चुनावी एजेण्डा सहित उमेद्वारी घोषणा हुदै 

क्यान महासंघमा यतिखेर चुनावको रौनक छाएको छ । मसिंर ७ गते हुने निर्वाचनमा दुई समुह प्रतिस्प्रधामा खरो उत्रिएका छन । नवराज कुवरको समुह र सुनौना घिमिरे पाण्डेको समुह यतिखेर चुनावी प्रचारप्रसार र घोषणा कार्यक्रममा व्यस्त रहेका छन ।

सुनौना घिमिरे पाण्डेको समुहले यहि शनिवार (भोली) आफ्नो समुहको चुनावी एजेन्डा सहित उमेद्वारी घोषणा गर्दैछ ।


नवराज कुवर समुहले चुनावी उमेद्वारी घोषणा गत आइतबार डाइनिङ पार्क रेस्टुरेन्टमा सार्वजनिक गर्यो । ४३ सदस्यिय उमेद्वार घोषणा गर्दै नवराज कुवरले बिभिन्न कार्यक्रमका एजेन्डाहरु सार्बजनिक गरेको छ  । यसैगरी सुनौना घिमिरे पाण्डेको समुहले यहि शनिवार (भोली) आफ्नो समुहको चुनावी एजेन्डा सहित उमेद्वारी घोषणा गर्दैछ । सुनैना समुहले आफ्नो तर्फका उमेद्वारहरुको सुची सामाजिक संजाल मार्फत भने केहि समय अघिदेखि जानकारी गराउदै आएको छ ।

२०७६ मंसिर ७ गते हुन गईरहेको केन्द्रीय महाधिवेशनबाट १३औं कार्यसमिति निर्वाचनको लागि क्यान महासंघलाई थप प्रभावकारी बनाउँदै सूचना तथा संचार प्रविधिलाई देश विकासको मूख्य औजारको रुपमा प्रयोग गर्ने स्पष्ट उद्देश्य, भिजन र मिसन सहित जुझारु व्यक्तित्वहरु सहितको टिम सुनैनाको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थितिको लागि आग्रह गर्दै सुनौना समुहले पत्रचार गरेको छ । २ वर्षको लागि हुन लागेको क्यान महासंघको चुनाबी माहोल आइटी क्षेत्रमा चासोको बिषय बनिरहेको छ ।

\"\"