कीवर्डहरू -

प्राइम आइटी क्लबको आयोजनामा छैटौं संस्करणको आइसिटी मिटअप हुने

प्राइम आइटी क्लबको आयोजनामा छैटौं संस्करणको आइसिटी मिटअप हुने

काठमाडौं । प्राइम आइटी कलेजको सहयोगमा प्राइम आइटी क्लबले वर्षेनी आयोजना गर्दै आएको आइसिटी मिटअप को छैटौं संस्करण आगामी डिसेम्बर १२ र १४ मा हुने भएको छ ।

आइटी पढिरहेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना हुँदै आएको आइसिटी मिटअप एकाडेमिया र इन्डस्ट्रीबीचको कोल्याबोरेशन लक्षित छ । विद्यार्थीलाई आइसिटी क्षेत्रका एक्सपर्ट र प्रोफेसनलहरुसँग जोड्दै वर्तमान उद्योगका विभिन्न आयामबारे जानकारी दिन यो कार्यक्रमले भूमिका खेल्दै आएको छ ।

आइसिटी मिटअप हालसम्म ICT Academia - Industry Collaboration: Understanding the difference मुख्य थिममा आधारित भई सञ्चालन हुँदै आएको छ ।  यो वर्ष आयोजकले सबथिमको रुपमा Advancing Towards Smart City for Sustainable Development ” समावेश गरेकाे छ ।

विद्यार्थीलाई दिगो विकासका लागि स्मार्ट सिटी र यसले भावी वर्षहरुमा ल्याउने परिणामका बारेमा जानकारी दिनेछ । इभेन्टमा विभिन्न विधामा कार्यक्रम सञ्चालन हुनेछ । आइटी कलेजका विद्यार्थीहरुले बनाएका प्रोजेक्टहरुबीच प्रतिष्पर्धा गराइनेछ । आइसिटी मिटअपको थिममा आधारित रही विद्यार्थीहरुले प्रोजेक्ट निर्माण गर्नुपर्नेछ । त्यस्तै इभेन्टमा सरोकारवालाबीच प्यानल डिस्कसन गराइने छ । साथै सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्धेश्यले इभेन्टको दौरान वर्कसपहरु पनि सञ्चालन हुनेछ ।

त्यस्तै आइसिटी मिटअपको थिमा आधारित रहेर विभिन्न वक्ताहरुले विभिन्न विषयमा सेसन चलाउने छन् । सहभागीले आफूलाई लागेका विभिन्न प्रश्न र जिज्ञासा मेटाउन सक्नेछन् । इभेन्टलाई आकर्षक बनाउन सहभागीहरुबीच फोटोग्राफी प्रतिष्पर्धा पनि गराइनेछ ।