कीवर्डहरू -

एन आई सी एशिया बैंकको शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

एन आई सी एशिया बैंकको शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

यस एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पनी श्री एन आई सी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्नुहुन सम्बन्धित शेयरधनी महानुभावहरुमा बैंकले अनुरोध गरेको छ । 

साथै, लाभांश पूर्जी लिई सक्नुभएका शेयरधनी महानुभावहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्नुहुन समेत बैंकले अनुरोध गरेको छ । यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

 आ.व. २०७५÷७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनी महानुभावहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन समेत सम्पूर्ण शेयरधनी महानुभावहरुलाई यसै प्रेस विज्ञप्ती मार्फत् अनुरोध गरिएको छ ।