कीवर्डहरू -

ड्रोन एक्स प्रो - फोल्डेबल ड्रोन

ड्रोन एक्स प्रो - फोल्डेबल ड्रोन

ड्रोन एक्स प्रो अहिलेसम्मको पहिलो फोल्डेबल ड्रोन हो । ‘ड्रोन एक्स प्रो’ दुई ड्रोन लभर जर्मनले मिलेर निर्माण गरेका हुन् । आँफुहरुले चलाउने ड्रोन ठूलो र भारी भएको कारणले यी दुईले मिलेर अल्ट्रा कम्पयाक्ट ड्रोन डिजाइन गरेका हुन् । एबीएस प्लास्टिकले बनेको यो ड्रोन हलुका र बलियो छ ।  

ड्रोन एक्स प्रो पोर्टेबल, युनिक र सस्तो छ । यो खल्ती वा झोलामा राखेर सजिलै भ्रमणमा लान सकिन्छ ।  हातमा अट्ने स्मार्टफोनको जत्रो साइज भएको यो ड्रोन १२ मिटर पर सेकेन्डको स्पीडमा उड्न सक्छ । यसको मूल्य भने रु. ११,१८४ रहेको छ ।


बोक्नलाई सजिलो बनाउन र यात्रा गर्दा राम्रो सूरक्षाका लागि यो ड्रोनको प्रोपेलर भित्र फोल्ड गर्न मिल्ने सुविधा छ । ड्रोन एक्स प्रो मा ग्राभिटी सेन्सर छ जसले भुई र अन्य अवरोध पत्ता लगाउँछ र उडिरहेको बेलामा त्यस्ता अवरोधको टक्करबाट बच्नको लागि उडान कोर्स आफै परिवर्तन गर्छ ।

यसको प्रयोगले १२० फ्रेम पर सेकेन्डमा एचडी भिडियो रेर्कड गर्न र १२ मेगापिक्सलसम्मको तस्बिर खिच्न मिल्छ । यस्मा स्लो मो मोड पनि छ जस्को प्रयोगले तँपाईले आफूले खिचेको भिडियोलाई हाई डेफिनेसन स्लो मो मा पनि हेर्नसक्नुहुन्छ । यसको प्रयोगले हावामा ३६० डिग्रीमा तस्विर पनि खिच्न मिल्छ । यो ड्रोनको प्रयोगले १२ मिनेटसम्म ब्याट्री चेन्ज नगरीकन लगातार उडाएर भिडियो खिच्न मिल्छ । 


ड्रोन एक्स प्रो मा अनुभवि क्यामराम्यानहरुलाई सन्तुष्ट पार्न चाहिने सबै फिचरहरु छन् । हाइटमा फोकस नगरिकन उडाउन मिल्ने यो ड्रोनको होभरिङ क्षमता एकदमै राम्रो छ । यो उडाउन र कन्ट्रेल गर्न धेरै सजिलो छ । यस ड्रोनमा इन बिल्ट प्रि प्रोग्राम्ड क्यामरा सटहरु छन् जस्को प्रयोगले थोरै टेक्निक भएकाहरुले पनि प्रोफेस्नल क्वालिटी तस्विरहरु खिच्न सक्छन् । 


ड्रोन एक्स प्रो पोर्टेबल, युनिक र सस्तो छ । यो खल्ती वा झोलामा राखेर सजिलै भ्रमणमा लान सकिन्छ ।  हातमा अट्ने स्मार्टफोनको जत्रो साइज भएको यो ड्रोन १२ मिटर पर सेकेन्डको स्पीडमा उड्न सक्छ । यसको मूल्य भने रु. ११,१८४ रहेको छ ।