कीवर्डहरू -

शुक्रबारदेखि नेपालमा आइफोन ११ सिरिज उपलब्ध हुने, मूल्य २ लाख २७ हजारसम्म

शुक्रबारदेखि नेपालमा आइफोन ११ सिरिज उपलब्ध हुने, मूल्य २ लाख २७  हजारसम्म

एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ। आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्स बजारमा आउन लागेको हो।  नयाँ फोन किन्दा इएमआइ सुविधाको सुविधा रहेको छ भने निशुल्क एनसेल डाटा पनि पाइने जेनेरेसन नेक्स्टले जनाएको छ।

आइफोन इभो स्टोर,ओलिज स्टोर, मोबाइल ट्रोन फ्युचर टेक ट्रेड र  फ्युचर वल्र्ड बाट पनि किन्न सकिने छ। आइफोन इलाभेन ६४ जिवीको १ लाख १० हजार ५ सय, १२८ जिबीको १ लाख १८ हजार ३ सय र २५६ जिवीको १ लाख ३४ हजार तोकिएको छ।

त्यस्तै इलाभेन प्रो ६४ जिवीको १ लाख ५७ हजार २ सय ५०, २५६ जिवीको १ लाख ८० हजार ९ सय, र ५१२ जिवीको १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ। ११ प्रो म्याक्स ६४ जिवीको १ लाख ७२ हजार ८ सय, २५६ जिवीको १ लाख ९६ हजार ६ र ५१२ जिवीको २ लाख २७ हजार ४ सय रुपैयाँ तोकिएको छ।

नेपाली बजारमा आइफोन इलाभेन सार्वजनिक हुनुअघि नै नेपालमा यसको अवैध तरिकाबाट विक्री वितरण भइरहेको छ।  न्युरोडको इलेक्ट्रिक र क्यामेरा पसल तथा अनलाइनबाट आइफोन बेच्नका लागि राखिएको छ।