कीवर्डहरू -

आइटीका लागि छुट्टै युनिभर्सिटी : प्रा. डा. मनिष पोखरेल

हामी कता अल्मलिरहेका छौं ?

आइटीका लागि छुट्टै युनिभर्सिटी :  प्रा. डा. मनिष पोखरेल


सूचना प्रविधि क्षेत्रमा नेपालको प्रवेश भएको अहिले होइन । भारतमा भन्दा पहिले सुपर कम्प्युटर यहाँ भित्रिएको थियो । अहिले भारतीय अर्थतन्त्रमा सूचना प्रविधि उद्योगको उच्च योगदान छ । नेपालमा भने एक प्रतिशत योगदान पुर्याउन समेत सकिएको छैन । हाम्रा दुवै छिमेकी देश भारत र चीनले आइटी क्षेत्रमा धेरै खुड्किला पार गरिरहेका छन् ।

अन्तरआत्माले भन्ने हो भने नेपालमा आइसिटीको आवश्यकतालाई महसुस नै गर्न सकेका छैनौं । दूई चार ओटा मोबाइल एप र वेबसाइट बने भन्दैमा आइटीमा अघि बढ्यौं भन्न मिल्दैन । हामी सानोतिनो कुरैमा सन्तुष्ट हुन्छौं । यो ठीक होइन ।


विकासका लागि आइटी एक संवाहक हो भन्ने कुरा सरकारी अधिकारीले बुझेकै छैनन् । एकेडेमियाले मात्रै गरेर हुने केही होइन । सबैको प्राथमिकतामा रहनुपर्यो । केही हप्ताअघि नेपालमा आयोजित अन्तराष्टिय लगानी सम्मेलनमा सूचना प्रविधिबारे केही कुरा भएन । हामी आर्थिक उन्नति गर्न आइटीलाई बढावा दिनुहोस् भन्छौं, उहाँहरु सुन्नुहुन्न । अरु उद्योग र कलकारखानको कुरा गर्नुहुन्छ तर आइटीको कुरा गर्नुहुन्न ।


विश्व जगत् अहिले सफल हुनुमा आइटीलाई प्राथमिकता राखेर हो । यसका लागि सरकार, विश्वविद्यालय र निजी क्षेत्र मिल्नैपर्छ । सामूहिक प्रयास हुने हो भने निश्चय सफलता पाउन सकिन्छ । हाम्रो देशमा के के आवश्यकता छ भनेर हामीले नै पहिचान गर्ने हो । एकेडेमिसियनले रिसर्च र अनुसन्धान गर्नुपर्छ । जापान, कोरिया, फिलिपिन्स, मलेसिया, हङकङ, ताइवानको उदाहरण हेर्दा उनीहरु कसरी समुन्नत भए भन्ने प्रश्नको उत्तर नै आइटी हो ।

यी देशहरुले विश्वविद्यालयमार्फत् अनुसन्धानमा बढी जोड दिएका छन् । उनीहरु आइटीको डिमान्डका लागि नै बढी फोकस गर्छन् । तर, हाम्रो देशमा यस्तो सोच पटक्कै आएन । कुरा गर्छौं तर काम गर्दैनौं । सरकार, राजनीतिक दल, एकेडेमियसन, निजी क्षेत्र सबैको के आवाज हुन पर्यो भने कसरी आइटीको विकास हुन्छ ? संयुक्त राष्ट्र संघले अघि सारेको दिगो विकासका १७ लक्ष्य हासिल गर्नका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण हुन्छ ।

हाम्रा लागि १४ नम्बरको लक्ष्यबाहेक सबै लक्ष्य हासिल गर्न सूचना प्रविधि निर्णायक हुन्छ । गरिबी निवारण, सफा खानेपानी, सरसफाइ, शहरीकरण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रको विकासका लागि आइसिटीको प्रयोगलाई ध्यान दिर्नैपर्छ । यी क्षेत्रको विकास, विस्तार र व्यवस्थापन गर्न आइटीलाई प्राथमिकता दिनुपर्छ । यहाँ आइटीबिना केही गर्न सकिदैन । पछिल्लो प्रविधि आइओटी आएको छ । आइर्टिफिसियल इन्टेलिजेन्सले परिवर्तन ल्याइरहेको छ । यसमा पनि केही नीति चाहियो । आर्थिक रणनीतिकामा यस्ता नवीनतम प्रविधिबारे उनीहरु जान्न आवश्यक छ । अहिले सबैका लागि एआई भनेर अवधारणा आइरहेको छ । तर हामी यो दिशातर्फ गइरहेका छैनौं ।

ज्वलन्त उदाहरण के हो भने बेलायतबाट भारत छुट्टीदा भारतले एउटा बेस्ट विश्वविद्यालय बनाइदिन भन्यो । जापानले कोरिया छाडेपछि अमेरिकाले युनिभर्सिटी बनाइदियो । उनीहरुले दुरगामी सोच राखे र अघि बढे । हामी परिवर्तनसँग डरायौं र जहाँको त्यहीँ भयौं ।

हामी कता अल्मलिरहेका छौं ?
वास्तवमा आइटी हरेक क्षेत्रका लागि हो । आइटीबिना न व्यक्ति अगाडि बढ्न सक्छ न कुनै संस्था । समग्र देश अगाडि बढ्न आइटी नै संवाहक हो । पछिल्लो समय आइटी पढ्ने र पढाउने क्रम बढिरहको छ । यो सुखद पनि हो । तर, के हामीले पढाएको शिक्षाले उद्योगमा सकारात्मक प्रभाव पारिरहेको छ त ? हामीले विद्यार्थीलाई एआई त पढाउँछौैं तर त्यसको उपयोगिता कसरी गर्न सक्छौं भनेर बुझाउदैनौं । अबको ५० वर्षमा एआईले औद्योगिक क्रान्ति ल्याउने छ । यसमा दुईमत नै छैन । धेरै सरकारले यसका लागि कार्यक्रम ल्याइसकेका छन् । अन्य देश पनि संवेदनशील र सतर्क छन् ।


तर नेपालमा योजना आयोगले विकासका खाका बनाउनदा यस्ता विषयमा रणनीति बनाउदैन । रणनीतिक योजनमा आइटी पर्न सकेको छैन । एक÷दुई सेमिनार पाँच तारे होटलमा गर्दैमा ओहो भन्ने अवस्था रहेन अब । अहिले गण्डकी टेक्निकल अफ इन्स्टिच्युट निर्माण गर्ने चर्चा सुनेको छु । म त भन्छु आइटीका लागि छुट्टै युनिभर्सिटी चाहिन्छ । उसलाई थ्यांक ट्यांकको जिम्मेवारी दिनुपर्छ । उसले नै अनुसन्धान गर्छ । हामी कलकारखाना मात्रै भन्छौं ।

ज्वलन्त उदाहरण के हो भने बेलायतबाट भारत छुट्टीदा भारतले एउटा बेस्ट विश्वविद्यालय बनाइदिन भन्यो । जापानले कोरिया छाडेपछि अमेरिकाले युनिभर्सिटी बनाइदियो । उनीहरुले दुरगामी सोच राखे र अघि बढे । हामी परिवर्तनसँग डरायौं र जहाँको त्यहीँ भयौं ।


म त नेपालमा ११ विश्वविद्यालय कम भयो भन्छु । एकेडेमियालाई यति धेरै काम दिनुपर्छ कि उसले काम काम भनेर अरु केही सोच्न नसकोस् । हामीभन्दा सानो देश दक्षीण कोरियामा मात्रै २ सय युनिभर्सिटी र कलेज छन् । हामी चै विश्वविद्यालय खोल्नपर्छ भन्दा विरोध गर्छौं ।