कीवर्डहरू -

मोबाईल हरायो ? नो टेन्सन 

मोबाईल हरायो ? नो टेन्सन 

आफ्नो मोबाईल हरावस् भनेर कसैले पनी सोचेको हुदैन । नचाहदा नचाहदै थाहै नपाई हराउने हो । कसैगरी आफुले वर्षौदेखी चलाउदै आएको मोबाईल हरायो भने हालत के होला ? कसरी पहिल्यदेखीको सम्पर्कमा आईरहेका व्यक्तिहरुलाई फेरीपनी सम्पर्क गर्ने ? आफ्ना आफन्त, साथीभाई ईष्टमित्र मात्रै हैन कार्यालयका महत्वपुर्ण व्यक्तिहरुलाई पनी सम्पर्क गर्नुपर्ने हुन्छ ।

फेरी मोबाईलमै नम्बर सेभ गर्ने सुविधाले फोन नम्बर कण्ठस्थ गर्ने बानी पनी त हुदैन । कसैगरी मोबाईल हरायो भने शरिरको एक अगं प्यारालाईसिस भए सो सरह नै हुन्छ । धेरै काम चौपट्ट नै हुन्छ ।  यस्तो अवस्थामा मोबाईल त हरायो हरायो तर सेभ गरिएको नम्वर मात्रै पाएपनी धेरै खुसी हुनेथे भन्नेहरु त धेरै भेटिन्छन् । यस्तो अवस्थमा तपाईको मोबाईल सेट हराएपनी केहि फरक पर्दैन नम्बर लगायत डाटा सुरक्षित राख्न सक्नुहुन्छ । छैन त अचम्म ? मोबोजिनी ( Mobogenie ) ले तपाईको फोन प्रयोगलाई धेरै सहज र सरल बनाउने काम गर्नेछ ।


यो एप्सको माध्यमवाट तपाईले आफ्नो फोन नम्वर लगायतका महत्वपुर्ण डाटा कम्प्युटरमा व्याकअपको रुपमा राख्न सक्नुहुन्छ । हजारौ एसएमएसहरु छन् भने सजिलै महत्वका आधारमा कम्प्युटरमै सुरक्षिर र म्यानेज गर्न सक्नुहुन्छ । अझ अर्को मज्जाको फाईदा भनेको यो एप्सवाटै आफुलाई मन परेका गित भिडियो एवं फोटो अनलाईनवाट डाउनलोड गर्न सकिन्छ ।

यो एप्सको फाईदा यतिमै मात्र सकिदैन मोबोजिनीले भनेको छ सहज एवं सरल तरिकाले मोबाईल प्रयोग गर्न यो एप्स उपयुक्त छ । निशुल्क डाउनलोड गर्न मिल्ने  यो एप्सको प्रयोग भने एन्ड्रोईड अपरेटिङ सिस्टमको मोबाईलवाट मात्र प्रयोग गर्न सकिन्छ ।