काठमाडौं । क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । आज भएको १३औं कार्यसमितिको निर्वाचनमा प्रतिष्पर्धी सुनैना घिमिरे पाण्डेलाई पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका हुन् ।
कुँवरकाे विजयसँगै क्यान महासंघले पहिलो पटक काठमाडौं उपत्यका बाहिरबाट नेतृत्व पाएको छ ।
निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा पनि कुँवर प्यानल विजयी भएको छ । यसअन्तर्गत डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी भएका छन् । उनीहरुले पाण्डे प्यानलका विक्रम सिंह, ईं. समिर प्रधान र अहमद खानलाई पछि पारे ।
त्यस्तै संस्थागत समूहतर्फ पाण्डे प्यानल विजयी भएको छ । यसअन्तर्गत अरुण वंशल, उमेश रघुवंशी, रञ्जित पोदार र बुद्धरत्न मानन्धर विजयी भए । संस्थागत महिलातर्फ यसअघि नै कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ पाण्डे प्यानलकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भए । उनीहरूले कुँवर समूहबाट उठेका प्रा.डा सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामाेदर अधिकारीलाई पराजित गरे ।
याे पनि पढ्नुहाेस् :
सूचना प्रविधिलाई जनस्तरसम्म लैजान विभिन्न कार्यक्रमको अगुवाई गर्छु - कुँवर
त्यस्तै व्यक्तिगत साधारण समूहमा कुँवर समूहका खुशल रेग्मीबाहेक सबै सदस्य पाण्डे प्यानलबाट निर्वाचित भएका छन् । यसअन्तर्गत पाण्डे समूहका रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, श्रीधर मरासिनी विजयी भएका छन् । व्यक्तिगत महिलातर्फ पाण्डे प्यानलका सुस्मा शर्मा र गुणकेशरी प्रधान र कुँवर प्यानलकी रत्नतारा वैद्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश ४ बाट कास्कीका जगनबहादुर गुरुङ र बागलुङका कृष्ण पौडेल विजयी भए । यी दुवै पाण्डे प्यानलबाट विजयी भएका हुन् ।
त्यस्तै प्रदेश ३ मा कुँवर प्यानलका शेखरनाथ दुलाल (काभ्रे) र भानु शर्मा (चितवन) निर्वाचित भए ।
प्रदेशतर्फ दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश र हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट निर्विराेध निर्वाचित भएका छन् । उनीहरू सबै कुँवर प्यानलका हुन् । त्यस्तै ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश नं. १ बाट निर्विरोध भएका छन् । श्रेष्ठ र मैनाली भने पाण्डे प्यानलका हुन् ।
वस्तुगत सदस्य समूहबाट यसअघि नै कुँवर प्यानलबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा निर्विराेध निर्वाचित भइसकेका छन् ।
निर्वाचित भएकाहरुको विवरणः
अध्यक्षः नवराज कुँवर
१. जिल्ला शाखा तर्फः
प्रदेश नं. १- ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली
प्रदेश नं. २- भुपालदास श्रेष्ठ र दिपेन्द्र विक्रम सिंह
प्रदेश नं. ३- शेखरनाथ दुलाल र भानुभक्त शर्मा
प्रदेश नं. ४- जगतबहादुर गुरुङ्ग र कृष्णप्रसाद पौडेल
प्रदेश नं. ५- ध्रुवराज शर्मा (सुदिप) र रेशम गिरी
प्रदेश नं. ६- भीम मल्ल र दलबहादुर खड्का
प्रदेश नं. ७- हर्क सेटी र खेमराज ढुंगाना
२. व्यक्तिगत आजिवन तर्फः हेमपाल श्रेष्ठ, सुमनलाल श्रेष्ठ र अमित अग्रवाल
३.संस्थागत आजिवन तर्फः डा. पवनकुमार शर्मा, राजेन्द्र अर्याल र नवीन जोशी
४. व्यक्तिगत सदस्य समूह तर्फः खुशल रेग्मी, रेगबहादुर भण्डारी, चन्द्रविलास भूर्तेल र डा. श्रीधर मरासिनी
५. संस्थागत सदस्य समूह तर्फः रणजितकुमार पोद्दार, बुद्धरत्न मानन्धर, उमेश रघुवंशी र अरुणकुमार वंशल
६. व्यक्तिगत र संस्थागत महिला तर्फः रत्नतारा तुलाधर (वैद्य) , सुष्मा शर्मा (वस्ती) , गुणकेशरी प्रधान, सर्मिला भुजेल, सरिता सिंह र रेभा राजभण्डारी
७. विषयगत तर्फः नारायणबहादुर सापकोटा, प्रताप सापकोटा, चिरन्जिवी अधिकारी र भोजराज भट्ट
८. लेखा समितिः भिमसेन गिरी (जिल्ला शाखा समूह), राजु कट्टेल (व्यक्तिगत समूह) र केशवप्रसाद भट्टराई (संस्थागत समूह)