कीवर्डहरू -

ग्रेफीयस टेक्नोलोजी प्रा लिले सार्बजनिक गर्यो नि: शुल्क अनलाइन जब पोर्टल

rojgarisanjal.com

ग्रेफीयस टेक्नोलोजी प्रा लिले सार्बजनिक गर्यो नि: शुल्क अनलाइन जब पोर्टल

जागिर दिन चाहिने र जागिर खोज्‍नेलाई एउटै स्थानमा ल्याउने उद्देश्यसहित रोजगारी संजाल डटकम  सुरु गरिएको छ । सो पोर्टलमा दिइने सबै सुविधा निःशुल्क रहेको छ ।

आफूलाई मन लागेको क्षेत्रमा र मन परेको काम छनोट गर्न सकिने नारा ‘सेलेक्ट योर फिल्ड चुज योर जब’ सहित यो पोर्टल सुरु गरिएको हो । यो वेवसाइट मार्फत् कुनैपनि संघसंस्था, उद्योग, व्यवसायीक संगठन लगायतले कर्मचारीको आवश्यकता परेको खण्डमा निःशुल्क आफ्नो विज्ञापन राख्‍न पाउनेछन् ।

राम्रो जागिरको खोजीमा रहेकाले पनि वेवसाइटमा गइ  व्यक्तिगत खाता खोली आफूलाई उपयुक्त हुने रोजगार छनोट गर्न सक्ने ग्रेफीयस टेक्नोलोजीका सीईओ देवेन्द्र नेपालले बताए ।

यस्तै राम्रो जागिरको खोजीमा रहेकाले पनि वेवसाइटमा गइ  व्यक्तिगत खाता खोली आफूलाई उपयुक्त हुने रोजगार छनोट गर्न सक्ने ग्रेफीयस टेक्नोलोजीका सीईओ देवेन्द्र नेपालले बताए ।

यो पोर्टलमा  रोजगारी सम्बन्धी जानकारी पाइने र यहाँबाट आधुनिक शैलीको बायोडाटा बनाउन सकिने पनि सीईओ नेपालले बताए । यसको लागि जागिर खोज्‍नेले वेबसाइटमा आफ्नो विवरण राख्नुपर्नेछ ।

वेबसाइटमा राखिएका विवरणहरु उपयुक्त जागिर खुल्नासाथ रोजगारदाताकोमा पुग्‍नेछ । रोजगारदाताले ती विवरण हेरेर उपयुक्त उम्मेदवारसँग थप सम्पर्क गर्नेछन् । त्यस्तै कुनैपनि कम्पनीले आफ्नो खाता खोली फलोअर्स बनाउन सक्ने व्यवस्था समेत रहेको छ ।

\"\"