कीवर्डहरू -

प्रदेश १ मा पुसेट \'आइटी तथा इन्जिनियरिङ\'को लागि पहिलो रोजाईको कलेज हो – मनोज कुमार हलुवाई

प्रदेश १ मा  पुसेट \'आइटी तथा इन्जिनियरिङ\'को लागि पहिलो रोजाईको कलेज हो – मनोज कुमार हलुवाई

मनोज कुमार हलुवाई , क्याम्पस प्रमुख (पुसेट) तथा एसोसिएट प्रोफेसर 

पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (पुसेट) एउटा सामुदायिक कलेज हो । पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको यो कलेजले इन्जिनियरिङ र प्रविधि विषयका १० ओटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ब्याचलरमा ६ ओटा र मास्टर्समा चारओटा कोर्स छन् । आइटी शिक्षाको कुरा गर्ने हो भने पुसेट बिसिए र बिआइटीको उत्कृष्ट कलेजको रुपमा चिनिन्छ । पुसेट स्थापना हुँदा नै बिसिए थियो । बिआइटीपछि थपिएको हो । त्यसपछि, इन्जिनियरिङअन्तर्गत कम्प्युटर र इलेक्ट्रोनिक्स थपिएको हो । बिसिए अहिले ४ वर्षको कोर्सका रुपमा सञ्चालन गरेका छौं र यसले इन्टरनेसनल क्राइटेरिया मिट गर्न सफल भएको छ । 

ब्याचलरमा ६ ओटा र मास्टर्समा चारओटा कोर्स छन् । इन्जिनियरिंग तर्फ BE Computer, Electronics, Electrical, CIVIL कार्यक्रम संचालनमा छन् । आइटी शिक्षाको कुरा गर्ने हो भने पुसेट बिसिए र बिआइटीको उत्कृष्ट कलेजको रुपमा चिनिन्छ । पुसेट स्थापना हुँदा नै बिसिए थियो । बिआइटीपछि थपिएको हो । त्यसपछि, इन्जिनियरिङअन्तर्गत कम्प्युटर र इलेक्ट्रोनिक्स थपिएको हो । बिसिए अहिले ४ वर्षको कोर्सका रुपमा सञ्चालन गरेका छौं र यसले इन्टरनेसनल क्राइटेरिया मिट गर्न सफल भएको छ । 

अहिले आइटीअन्तर्गत ब्याचलरमा बिसिए, बिआइटी, बिई कम्प्युटर, सञ्चालन गरेका छौं । हरेक वर्ष विद्यार्थीहरुको आकर्षण बढिरहेको नै छ ।  केहि कोर्समा केहि विद्यार्थीहरुको लागि दाश्रो पटक इन्ट्रान्स परिक्षा सञ्चालन हुदैछ । रिसर्च तथा इनोभेसनको लागि पनि हामिले काम गरिरहेका छौ । विद्यार्थीहरुलाई ल्याब, अतिरिक्त ट्रेनिङ कोर्सहरुमा पनि ध्यान दिएका छौ । पछिल्लो समय विश्वविद्यालयको परिक्षा प्रणाली पनि सुधार भइरहेको छ । मास्टर्स कार्यक्रममा पनि विद्यार्थीहरुको आकर्षण छ । एमआइएसमा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेका छन । 

क्याम्पस प्रमुख भएपछि मैले शैक्षिक सुधारको लागि प्रयासहरु गरिरहेको छु । इन्फास्ट्रक्चर विकासको लागि हामिले विश्वविद्यालयसँग समन्वय गरिरहेका छौ । व्यवस्थित रिसर्च तथा इन्नोभेसन सेन्टर बनाउन विशेष पहल छ । सबैको सहयोग र सहकार्य आवश्यक हुन्छ । पहिलेभन्दा अहिले राजनीतिक आन्दोलनहरु कम छ । विद्यार्थीहरु सचेत हुदै गएका छन । विराटनगर तथा पूर्व क्षेत्र तथा समग्र प्रदेश १ को लागि पुसेट आइटी तथा इन्जिनियरिङको लागि पहिलो रोजाई हो । 

विश्वविद्यालयमा केही समय पहिला देखिएका समस्या हटेसँगै अध्ययन अध्यापन निकै व्यवस्थित रुपमा भइरहेको छ । पुसेटले जेहेनदार विद्यार्थीका साथै दलित, मसुलमान, पिछडावर्ग, अपांग आदिका लागि छात्रवृत्तिको कोटा पनि सञ्चालन गरिरहेको छ । हालसम्मको अवस्था हेर्दा ९० प्रतिशत हाम्रा जनशक्ति देशविदेशका प्रतिष्ठित कम्पनीहरुमा छन् ।