कीवर्डहरू -

खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको \'म्याग\'को सदस्यमा पुन: नियुक्त

खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको \'म्याग\'को सदस्यमा पुन: नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग)को सदस्यमा पुनस् नियुक्त भएका छन्। उनलाई संयुक्त राष्ट्र संघका महासचिवले सन् २०२० को लागि सदस्यमा नियुक्त गरिएको हो।

आईजीएफ संयुक्त राष्ट्र संघको सूचना प्रविधि सम्बन्धी हेर्ने निकाय हो जसले इन्टरेनट गभर्नेन्स फोरमले इन्टरनेट प्रयोगका विषयमा नीतिगत बहस चलाउँदै आएको छ।
आइजिएफ संयुक्त राष्ट्र संघ अन्तर्गत सूचना प्रविधि सम्बन्धी एक महत्व पूर्ण निकाय हो।

यसअघि खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रूपको उपाध्यक्षमा दुई कार्यकाल निर्वाचित भएर बिताइसकेका छन्। उनलाई सन् २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो। संघका एशिया प्रशान्त क्षेत्रका ३८ मुलुकका विज्ञहरु मध्येबाट नेपाल र कोरियाले मात्रै प्रतिनिनिधित्व गर्ने अवसर पाएका छन्।

आइजिएफले इन्टरनेट प्राविधिक, व्यवसायीक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धनका तथा साइवर सेक्युरिटी लगायतमा काम गर्दै आएको छ।

विश्वभरबाट भौगोलिक र क्षेत्रगत प्रतिनिधित्वको आधारमा म्यागको सदस्य नियुक्त हुने प्रावधान रहेको छ।म्यागले साइबर तथा इन्टरेनट स्पेशका विषयहरुका सरकारी र गैरसरकारी सरोकारवाला निकायसँग बहस गरी नीति निर्माणमा योगदान समेत गर्नेछ।